• TOKHA LIVE

    • ७ आश्विन २०८२, मंगलवार ११:२६

    घर जलेको भन्दा देश जलेकोमा बढी पीडा : हिसिला यमी

    काठमाडौँ असोज ६/ भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा देशभरका धेरै भवन, कार्यालय र नेताहरूका घरहरूमा आगजनी भयो। त्यही क्रममा टाेखा वडा ३ हार्मोनी हाउजिङ्ग स्थित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको घर पनि जलेर खरानी भएको छ।आगोले घरसमेत ध्वस्त हुँदा डा. भट्टराईका करिब ८ सय पुस्तक र हिसिला यमीका करिब १२ सय पुस्तक खरानी भएका छन्। देश–विदेश भ्रमणका क्रममा संकलन गरिएका अमूल्य सामग्री र दुर्लभ पुस्तक नष्ट हुँदा हिसिला यमी निकै पीडित देखिइन्।

    तर, आफ्नो व्यक्तिगत क्षतिभन्दा पनि देशले भोगिरहेको अवस्थाले उनलाई अझै गहिरो चोट पुर्‍याएको छ। उहाँ भन्नुहुन्छ, “घर जलेकोमा पनि पीडा भयो, तर देश जलेकोमा धेरै चित्त दुख्यो।”उहाँका अनुसार, जीवनभरको अध्ययन र खोजीमार्फत जम्मा गरिएका पुस्तकहरू एकैपटक खरानी हुँदा फेरि ती दुर्लभ ज्ञानका स्रोत कहाँ खोज्ने र कसरी भविष्यमा प्रस्तुत गर्ने भन्ने चिन्ता थपिएको छ।हिसिला यमीले व्यक्तिगत पीडा भन्दा पनि सामूहिक क्षतिलाई प्राथमिकता दिँदै देशलाई बचाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै