नुवाकोट, असोज ३ /
टोखाको गौरव र मौलिक पहिचान बनेको परम्परागत चाकुलाई जोगाउन स्थापित टोखा परम्परागत चाकु संरक्षण समाजले आफ्नो छैठौं साधारण सभा तथा प्रथम अधिवेशन भव्य रूपमा आज सम्पन्न गरेको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित गुरुङ भिलेज रिसोर्टमा सम्पन्न कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षता र टोखा नगरपालिका–३ का अध्यक्ष रमेश डंगोलको प्रमुख आतिथ्यतामा कार्यक्रम अघि बढेको थियो।
“ऐतिहासिक, परम्परागत, मौलिक टोखा चाकुको संरक्षण गरौं, स्वरोजगार उद्यमी युवा पुस्तालाई हस्तान्तरण गर्दै जाऔं” भन्ने मूलमन्त्रसहित समाजले नयाँ पुस्तालाई आत्मनिर्भर बनाउन चाकु व्यवसायतर्फ आकर्षित गर्ने अठोट व्यक्त गर्यो। अधिवेशनमा परम्परागत चाकु संस्कृतिको निरन्तरता, हस्तान्तरण र उद्यमशीलता विकासका विषयमा व्यापक छलफल भएको थियो।
कार्यक्रममार्फत समाजले १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। जसको अध्यक्षमा बुद्ध श्रेष्ठ निर्वाचित भएका छन। टोखामा आधारित टोखा परम्परागत चाकु संरक्षण समाजले नयाँ कार्यसमिति चयन गरेको छ। समाजको हालै सम्पन्न साधारण सभाबाट परम्परागत व्यवसायलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित १७ सदस्यीय नयाँ समिति निर्वाचित भएको हो।
निर्वाचित पदाधिकारीहरू यसप्रकार छन्:
त्यसैगरी सदस्यहरूमा अमर श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजु श्रेष्ठ, सुकु नारायण श्रेष्ठ, ज्ञानेश्वर श्रेष्ठ, राजेश श्रेष्ठ, शुद्ध श्रेष्ठ, राजभाइ श्रेष्ठ, नव राज श्रेष्ठ, फूल प्रसाद श्रेष्ठ, सरोज श्रेष्ठ र धर्मराज श्रेष्ठ चयन भएका छन्।
कार्यक्रममा समाजसँग आबद्ध दिदीबहिनी, आमा-बुबा तथा दाजुभाइहरूको उत्साहपूर्ण सहभागिता रह्यो। आयोजक समितिले सभ्य र भव्य रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई विशेष धन्यवाद व्यक्त गरेको छ।
समाजका महासचिव रामराज श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, टोखाका मूल नाइके हेमराज श्रेष्ठ, समाजका जेष्ठ नागरिक तथा पत्रकार लगायत समाजका पदाधिकारीहरूको उपस्थित थियो । कार्यक्रमको प्रत्यक्ष Live.







