• TOKHA LIVE

      TOKHA LIVE

    • ६ आश्विन २०८२, सोमबार १२:०२

    टोखाको भिन्द्य : भिमसेन मुर्तिमा पित्तलको आसन र फ्रेमले नयाँ मुहार फेरियो

    टोखा, असोज ६/
    टोखाको ऐतिहासिक सम्पदा भिन्ध: भिमसेनको मुर्तिमा अब पित्तलको आसन र आकर्षक फ्रेम जोडिएर अझ भव्य देखिन थालेको छ। सम्पदा प्रेमी मनिन्द्र जोशी, प्रेमकाजी श्रेष्ठ र हाल अमेरिका बस्दै आएका शिव श्रेष्ठको आर्थिक सहयोगमा यो कार्य सम्पन्न भएको हो।

    सम्पदा जोगाउने भावनाले प्रेरित भएर गरिएको यो प्रयास स्थानीय समुदायका लागि गर्वको विषय बनेको छ। नेपालकै अग्लो भिन्ध: भिमसेनको मुर्ति टोखाको पहिचान मात्र नभई आस्थाको प्रतीक पनि हो। त्यसलाई अझ आकर्षक र सुरक्षित बनाउन सकिएकोमा सबैले हर्ष व्यक्त गरेका छन्।

    यो अवसरमा पुजारी दशराज महर्जन, कुशल कलाकार केदार ताम्राकार, र सहयोगी मनिन्द्र जोशी तथा प्रेमकाजी श्रेष्ठर शिव श्रेष्ठलाई विशेष धन्यवाद दिइएको छ। स्थानीयहरूले भने, “हाम्रा सम्पदा हाम्रो सम्पत्ति हुन्, यसको संरक्षण गर्नु सबैको कर्तव्य हो” भन्दै आगामी दिनमा पनि यसैगरी साझा प्रयास गर्नुपर्ने धारणा राखेका छन्।

    , ,
    , ,
    Facebook Comments

  • छुटाउनुभयो कि? सबै