• TOKHA LIVE

    • २७ भाद्र २०८२, शुक्रबार २०:४०

    सुशीला कार्की अन्तरिम प्रधानमन्त्री, आजै सपथग्रहण

     

    काठमाडौँ, २७ भदौ ।
    देश अस्थिरताको चुनौतीपूर्ण घडीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा भएको छलफलपछि कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो। छलफलमा सहभागी सबै पक्षबीच कार्कीलाई नै जिम्मेवारी दिने सहमति जुटेको थियो।

    अब उनी आजै अन्तरिम प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गर्ने तयारीमा छन्। देशलाई संकटबाट निकाल्ने ठूलो जिम्मेवारीसहित कार्की नेतृत्वको यो सरकारबाट नेपाली जनताले स्थिरता र भरोसाको अपेक्षा राखेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै