• TOKHA LIVE

    • २९ चैत्र २०८०, बिहीबार १८:१२

    टोखाको दाफा,भजन खल र किर्तिपुरको दाफा संस्कृतिबारे अनुभव आदान प्रदान भोलि हुँदै

    काठमाडौं २९ चैत । “कला, संस्कृतियुक्त, स्वच्छ, समुन्नत टोखा नगर” भन्ने नारा बोकेको टाेखा नगरपालिकाले कला, संस्कृति र पर्वहरुलाई निरन्तर जगेर्ना गर्दै आइरहेको छ। यसै सिलसिलामा टाेखा नगरपालिका वडा नं. ३ को आयोजनामा चतुर्मास भजन गर्ने टोखाका दाफा खल , भजन खल र किर्तिपुरको दाफा संस्कृतिबारे अनुभव तथा शुभ कामना आदान प्रदान कार्यक्रम भोलि हुँदैछ।

    किर्तिपुरको दाफा संस्कृतिबारे टाेखाका दाफा र भजनले सहकार्य गर्ने कार्यक्रम रहेको छ।किर्तिपुरको दाफा संस्कृतिकर्मी ९:३० बजे आइपुग्ने अभियन्ता जानुका भण्डारीले बताइन् । उनले विहान ९ः०० बजे सम्पुर्ण दाफा र भजनकर्मि खलपुच मुँ ध्वाखामा भेला हुन अनुरोध गर्नुभयो ।

     

    हाल टाेखामा दाफा र भजन गर्ने संस्कृति सयौं वर्ष पुरानो इतिहास बोकेको प्रमाण यहाँको भजन गर्ने थ्या सफुमा भेटिएको  छ। टाेखामा बिस्का नख: कृष्णजन्माष्टमी, इन्द्रजात्रा, नवरथ , चतुर्मास भजन( ४ महिना भजन) गर्ने तोखाको श्री इन्द्रायणी दापा खल:, श्री पिगद्य दापा खल: सहलुबि, श्री सपनतिर्थ दापा खल: , श्री जोर भिमसेन दापा खल:, श्री चण्डेश्वरी दापा खल: र श्री चण्डेश्वरी भजन खल:ले निरन्तर जात्रामात्रा पर्वहरु चलाइरहेका छन् ।

    टोखाका ५ दाफा र १ भजन खल र किर्तिपुरको दाफा संस्कृतिबारे अनुभव तथा शुभ कामना आदान प्रदान कार्यक्रमको साथै टोखाको दाफा संस्कृतिको जगेर्नाका साथै नयाँ पुस्तालाई प्रेरित र मार्ग दर्शन हुने भएकोले दाफा खलः का सबै गुरुहरु लगायत सम्पुर्ण खल उपस्थित गराई उक्त कार्यक्रममा आ-आफ्नो अनुभव आदान प्रदान गर्नुहुन र दाफा भजनलाई अझ परिष्कृत गर्दै लैजान टाेखा नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष रमेश डंगोलले सम्पुर्ण दाफा खल र भजनखलहरु एवं संस्कृतिप्रेमीहरुमा उपस्थित भई दिनुहुन वडाले पत्रमार्फत अनुरोध गरेको बताउनुभयो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै