• TOKHA LIVE

      TOKHA LIVE

    • ११ फाल्गुन २०८०, शुक्रबार १७:५७

    काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजीमा किट टेक एक्सपो र निबन्ध लेखन प्रतियोगिता सम्पन्न

    काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजी (किट कलेज) ले आफ्ना विद्यार्थीहरूको ज्ञान र सीप प्रदर्शन “किट -टेक एक्सपो र निबन्ध लेखन प्रतियोगिता” आयोजना गरेको छ।काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजीमा टेक एक्सपो र निबन्ध लेखन प्रतियोगितामा प्रमुख अतिथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् – CTEVTका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीको उपस्थितिमा कलेज प्रांगणमा काठमाडौं जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरू कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरू लक्षित विद्यालयहरू बिच “प्राविधिक शिक्षा: निरन्तर शिक्षा, नवीनता र व्यावसायिक सफलताको मार्ग” शीर्षकमा निबन्ध प्रतियोगिताका साथै प्राविधिक प्रदर्शनी सम्पन्न भएको हो ।

    प्रतियोगितामा तिलिंतार माध्यमिक विद्यालयका सुशील भण्डारीले प्रथम स्थान हासिल गर्दै २० हजार नगद रुपैयाँ प्राप्त गर्नुभयो भने दोस्रो पुरस्कार नगद रु १२,५००/-प्रमाणपत्र सहित कामना उच्च माध्यमिक विद्यालयकी  रिया थापाले प्राप्त गर्नुभयो । तेस्रो पुरस्कार नगद रु ७,५००/- र प्रमाणपत्र सहित लक्ष्मीपुर अंग्रेजी माध्यमिक विद्यालयकी  कुसुम नेपालीले  पुरस्कार प्राप्त गरेको हो ।

    सान्त्वना पुरस्कार नगद रु २५००/- र प्रमाणपत्र सहित (४ जना) मा अमर माध्यमिक विद्यालयका ९ कक्षाका सर्जक जोशी,गंगा सेकेन्डरीका सबुज जीसी,नर्थ भ्यालीकी स्नेह भण्डारी,र रोडोडेन्ड्रन् इन्टर्नेशनलका सृजिता अधिकारी
    लाई “काठमाडौं जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता” मा कन्सोलेशन प्राइज प्राप्त गरेको हो ।यी सबै पुरस्कार सिद्धार्थ बैंक लिमिटेडले प्रायोजन गरेको थियो । निबन्धहरूको मूल्यांकन सन्ध्या पहाडीले गर्नुभएको थियो भने विजेतालाई  प्रमुख अतिथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् – CTEVTका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले पुरस्कार प्रदान गर्नुभएको थियो ।निबन्ध प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

    टाेखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोललाई वडा ३ कार्यालय भवन उपहार

    टाेखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोललाई काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजीका डिप्लोमा तहका आर्किटेक्चर विद्यार्थीहरूद्वारा निर्मित टाेखा नगरपालिका वडा ३ कार्यालय भवन  प्रमुख अतिथि खगेन्द्र प्रसाद अधिकारीले उपहार हस्तान्तर गर्नुभयो ।

     प्रमुख अतिथि खगेन्द्र प्रसाद अधिकारीले विद्यार्थीहरूलाई केआईटी कलेजद्वारा सञ्चालित शैक्षिक कार्यक्रममा अध्ययन गर्न थप छात्रवृत्ति एक दशक भन्दा बढी लामो अनुभवले प्रदर्शनी रूपमा यसको क्षमता, प्रतिबद्धता र इन्जिनियरिङ शिक्षा प्रति समर्पण स्थापित गरेको छ। यसको स्थापना भएदेखि, यसको कठोर छानबिनमा इतिहासले KIT लाई इन्जिनियरिङको क्षेत्रमा आफ्नो क्षमता अन्वेषण, पालनपोषण र उत्कृष्ट बनाउन खोज्ने विद्यार्थीहरूको लागि एक वास्तविक गन्तव्य साबित गरेको बताए।

    काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजीका अध्यक्ष भक्तप्रल्हाद पाण्डेले केआईटी डिप्लोमा शिक्षाको क्षेत्रमा उत्कृष्टताको केन्द्र बन्ने लक्ष्य नजिक पुगेको घोषणा गर्न पाउँदा खुशी लागेको बताए।वर्षौंदेखि, राष्ट्रिय उथलपुथलहरूको पृष्ठभूमिमा पनि, KIT ले CTEVT द्वारा निर्देशित हाम्रो देशको राष्ट्रिय लक्ष्यलाई काँधमा पुर्याउन प्राविधिकहरू – मध्यम स्तरका मानव संसाधनहरू उत्पादन गर्ने आफ्नो मिसनरी दृष्टिकोणको साथ आफ्नो ट्र्याकमा अगुवाइ गर्दै आएको छ। ग्रामीण अर्थतन्त्र र सीमित स्रोतसाधनका विद्यार्थीलाई ध्यानमा राखी सस्तो मूल्यमा इन्जिनियरिङ शिक्षाको मञ्च निर्माण गर्न पाउनु हाम्रा लागि पनि गौरवको कुरा हो । यस दौडमा हामीले इन्जिनियरिङको क्षेत्रमा गुणस्तरीय शिक्षा दिने प्रक्रियामा सक्दो प्रयास गरेका छौं । त्यसैगरी, राष्ट्रप्रतिको हाम्रो जिम्मेवारी महसुस गर्दै सबै सुविधा र आवश्यक पूर्वाधार विकासका साथै थप अनुकूल शैक्षिक वातावरणको सृजनामा ​​सक्रिय भूमिका निर्वाह गर्न यहाँ प्रतिवद्ध हुन अपिल गर्दछ । आगामी दिनहरूमा हाम्रा विचारहरू र दृष्टिकोणहरू हाम्रा कार्यहरूमा प्रतिबिम्बित हुनेछन् भन्ने विश्वास दिलाउन चाहन्छु -अध्यक्ष पाण्डेले भन्नुभयो।

    यो कार्यक्रम सबै विद्यार्थी र प्राविधिक-उत्साहीहरूका लागि आफ्नो सीप र ज्ञान साझा गर्ने प्लेटफर्म हो। यस प्रदर्शनीमा डिप्लोमा तहका विद्यार्थीहरूको सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, आर्किटेक्चर र कम्प्युटर इन्जिनियरिङसँग सम्बन्धित परियोजना प्रस्तुति, प्राविधिक उपकरणको प्रदर्शनमा कलेजका विद्यार्थीहरूले स्मार्ट सिटी,wind turbine,water turbine,Hydroelectric Power Generator ,Interior Design , housing,skafolding,Dozar, रिजर्व ओस्मोसिस प्रणाली,आर्किटेक्चर, कन्जुयुमर इलेक्ट्रोनिक्स, ट्राफिक व्यवस्थापन र औद्योगिक सिँचाइ प्रणाली जस्ता भिन्न–भिन्न उद्योगहरूमा आफ्नो विशेषज्ञता अनुसार नवीन मोडलहरू सिर्जना गरी आफ्नो अध्ययनको क्षेत्रमा आ–आफूमा रहेको प्रतिभा प्रदर्शन गरेका थिए।

    काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजीमा टेक एक्सपो र निबन्ध लेखन प्रतियोगितामा अतिथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् – CTEVTका स्टर निर्धारण महाशाखाका निर्देशक तैलेन्द्र चौलागाई,टाेखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोल,सिद्धार्थ बैंक टोखा शाखा प्रमुख,CTEVT निजी संस्थाहरूका महासचिव निर्मल सापकोटा,अमर माध्यमिक विद्यालयका प्रिन्सिपल हरिदास श्रेष्ठ, लक्ष्मीपुर अंग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल राजेश श्रेष्ठ,काठमाडौं जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजीमा एसइईपछि तीन वर्षे डिप्लोमा इन्जिनियरिङका सिभिल, आर्कीटेक्चर, इलेक्ट्रिकल, कम्युटर र इलेक्ट्रोनिक्स विषयहरूको पढाइ हुने गर्दछ । कार्यक्रम काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजीका अध्यक्ष भक्तप्रल्हाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

     

     

     

    फोटो फिचर-

                     

     

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै