काठमाण्डौ २०८०/२८ पुस/नेपाल डेमोक्रेटिक लयर्स एशोसियशन(डि एल ए) बागमती प्रदेशमा आयोजित कार्यक्रममा केन्द्रिय उपाध्यक्ष अधिवक्ता जनकराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा डि एल ए नेपालका अध्यक्ष व.अ. सिताराम के.सी., प्रमुख अतिथी र बिशेष अतिथी नेपाली कॅाग्रेस, बागमती प्रदेशका सभापति श्री ईन्द्र बहादुर बॅानिया, नेपाली कॅाग्रेस काठ्माडौ जिल्ला सभापति श्री सबुज कृष्ण बॅानिया, नेपाल बार एशोसियशनका अध्यक्ष व.अ. गोपाल कृष्ण घिमिरे तथा ने.का. केन्द्रिय निर्वाचन समितीका संयोजक तथा नेपाल सरकारका पूर्व महान्यायधिवक्ता अधिवक्ता श्री खम्म बहादुर खाती, तथा वरिष्ठ अधिवक्ताज्यूहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । डि एल ए बागमती प्रदेसमा सभापति अधिवक्ता जनक राज श्रेष्ठको सभापतित्वमा विधानत ११ सदस्यीय कार्य समिती गठन भएको छ । कार्यक्रम शुक्रबार दियालो फुडल्याण्ड, बशुन्धारा, काठ्माडौमा भएको डि एल ए को बागमती प्रदेश स्तरिय भेला तथा पदस्थापन र भावी दिशा तथा चुनौती बिषयक गोष्ठीमा अतिथी वक्ताहरुबाट कार्यक्रम सफलता कामना गर्दै र गोष्ठीका सम्वन्धमा आ-आफ्नो बिचार राख्नु भएको छ । बागमती प्रदेश स्तरिय भेला तथा पदस्थापनले उपाध्यक्षमा अधिवक्ता रामकृष्ण शर्मा,सचिवमा अधिवक्ता रामचन्द्र ओझा,सह-सचिवमा अधिवक्ता राजेश्वरी महर्जन, कोषाध्यक्षमा अधिवक्ता प्रियकुमार थापा ,सदस्यहरुमा अधिवक्ता रामचन्द्र भट्ट ,अधिवक्ता सुवासचन्द्र अधिकारी,अधिवक्ता बुद्धरत्न प्रजापति,अधिवक्ता जयराम थापा,अधिवक्ता रंगिता आचार्य,अधिवक्ता माइलाकाजी महर्जनलाई मनोनयन गरिएको छ । वरिष्ठअधिवक्ता, अधिवक्ता तथा डि एल ए नेपाल, बागमति प्रदेश १३ जिल्लाबाट डि एल ए जिल्ला अध्यक्षज्यूहरुका साथै कानून व्यवशायीहरुको बाक्लै उपस्थीति रहेको थियो।













