• TOKHA LIVE

      TOKHA LIVE

    • ३ माघ २०७९, मंगलवार १७:२८

    ऐतिहासिक सपनतीर्थ (सपनविनायक गणेश) मूर्तिको जिर्णाेद्वार तथा प्राणप्रतिस्थापन (फाेटाे फिचर )

    काठमाडौं ३ माघ /आज टाेखाको ऐतिहासिक सपनतीर्थ (सपनविनायक गणेश) मूर्तिको जिर्णाेद्वार तथा प्राणप्रतिस्थापन गरिको छ । ऐतिहासिक सपनतीर्थ (सपनविनायक गणेश) मूर्तिको जिर्णाेद्वार तथा प्राणप्रतिस्थापन तथा उद्घाटन कार्यक्रमको सपनतिर्थ
    मन्दिरमा धार्मिक विधि र परम्पराअनुसार पूजाअर्चना गरी  सपनतिर्थ द्यः छेंका परिवारको आयोजनामा एक धार्मिक समारोहबीच मूर्तिको प्रतिस्थापन गरिएको  सपनतिर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोलले बताउनुभयो ।

    धार्मिक तथा साँस्कृतिक परम्परा अनुसार जिर्ण भएको मूर्तिको स्थानमा नयाँ मूर्ति राख्नु पर्ने भएकाले सपनविनायका पूजारी समेत रहेका स्वर्गिय ज्ञानवीर तथा रत्नमाया डंगोलका छोराहरु धनवीर डंगोल, रामकृष्ण डंगोल र देवराज डंगोलले नयाँ मूर्तिको प्रतिस्थापना गरिएको हो । सपनविनायकको मूर्ति प्रतिस्थापन गर्ने कार्यमा रामकृष्ण डंगोलको विशेष योगदान रहेको छ ।छोरा पाउने आशाले गणेशलाई पैसा वा लड्डु चढाउने वा अन्य भाकल गर्ने चलन यहां प्रचलित छ।‘छोरा नभएको व्यक्तिलाई छोरा दिनेमा सपन विनायक गणेश देवताको प्रसिद्दी निकै छ। तसर्थ  देश विदेश गएका आफ्ना आफन्तहरूको कुनै खबर नभएमा यी गणेशको पुजा गर्दा छिटो समाचार प्राप्त हुने लोक कथन छ।’ सपनतिर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगालले बताए।

    लाभ, र बुद्दीका स्वामी सपनविनायकलाई बुद्दि , ज्ञान, कला , कौशल र शीप आदिको प्रदाता मानिन्छ।टोखाका नेवार समुदायमा नवबधूलाई कुल देवता कहां लगी कुल परिवारमा समावेश गर्नुअघि विवाहोत्सवको लगतै पछि सबै काम निर्विध्न ्सम्पन्न पारिदिने , मनोकामना पूर्ण गरिदिने , छोरा प्रदान गर्नै तथा सर्वदेवमय भगवान सपन विनायकको दर्शन गराउने पुरातन अधपी कायम नै रहेको छ।सपनविनायक गणेश मूर्तिको जिर्णाेद्वार तथा प्राणप्रतिस्थापनमा मुलनायो हेमराज श्रेष्ठ , टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ,नेवाः गुथि टाेखाका अध्यक्ष रमेश नापित ,नेवाः गुथि टाेखाका महासचिव हेरकाजी डंगोल ,नेवाः गुथि टाेखाका सल्लाहकार अष्ट नारायण डंगोल,समाजसेवी , सास्कृतिक अभियन्ता सुशान्त डंगोल,नायखिं बाजा ,सपनतीर्थ दाफा खल: ,सपनतीर्थ धिमेखल, सपनतिर्थ समितिका पदाधिकारी, र स्थानीयको उपस्थितिमा बाजागाजासहित सपनविनायक गणेशको मूर्तिको प्राण प्रतिष्ठाको कार्यक्रम अध्यक्ष देवराज डंगोलको आतिथ्यमा  भएको थियो ।

    सपनतिर्थ मन्दिरको किवदन्ती :-

    टाेखाको सपनतिर्थ मन्दिरमा परापुर्वकालदेखि नै दुधमुखी र बहुमुखी नामका सिद्ध पोखरी रहेका छन् । किवदन्ती अनुसार यस पोखरीको पानीले हातमुख धोएमा वा स्नान गरेमा छालाको चर्म रोग निको हुने विस्वास गरिन्छ। किवदन्ती अनुसार परापुर्व कालमा सत्यवन्त नामका एक जना राजा थिए ।सत्यवन्त राजाका सात जना छोरी थिइन।सात जना छोरी मध्य सत्यवन्तका कान्छी छोरी सत्यकेशरीलाई गरिव , असहाय ,अपाङ्ग कुष्ठरोगीसंग विवाह गरिदिएका थिए ।कान्छी छोरी सत्यकेशरीलाई दाइजो पनि केही दिइएन।आफ्नो कर्ममा लेखिआए अनुसार शिरोधर गरि उनी आफ्नो रोगी पतिसंग घर गै गृहस्थ सम्हाल्न थाले। दिनहरु बित्दै गए खान लाउन समस्या भएकोले सत्यकेशरी बाक्नको लागि आफ्नो घर छोडेर भिख माग्ने जाने क्रममा एकदिन उनी श्री सपनतिर्थ मन्दिर परिसरसंगै रहेको सिद्ध पोखरी नजिकै रहेको पाटीमा पुगिन। सत्यकेशरीले आफ्नी अपांग भएका पतिलाई छोडी उनी आफू भने भिख माग्न शहर तिर लागिन ।

    त्यही समयमा सिद्ध पोखरीमा गाइवस्तु चराउन आएका गोठालाहरुले किरा फटयांग्राहरुलाई खोजेर ल्याउदै खुट्टा पखेटा छुट्टाउदै त्यस सिद्ध पोखरीमा फाल्दै गरेको र ती किरा फटयांग्राहरु फेरि जस्ताको त्यस्तै भै पुनः फुरुरु उडेर जाने एवं तरिकाले ती प्रक्रियाहरु चलिरहेको थियो । सत्यकेशरीकि कुष्ठरोगी पतिले पनि निकैबेर त्यो क्रियाहरु देखिरहे पछि त्यो दृश्य देखेर केही समय पछि आफ्नो शरीर पनि अपांग र कुष्ठरोगी भएकोले मलाई पनि यसै पोखरीमा स्नान गर्न पाए डुबाइ दिए त म पनि त सवलाङ हुने थिए कि भनेर निक्कै सोच विचार गरिरहे ।धेरै सोच विचार गरेपछि त्यही सिद्ध पोखरीमा खेल्दै रमाइरहेका गोठालाहरुलाई बोलाइ आदरताका साथ मलाई पनि त्यस पोखरीमा लागि डुबाइदिनुस् न भनी म पनि किरा फटयांग्राहरु जस्तै स्वस्थ र सपाङ पो हुने थिए कि भनेर अनुरोध गर्न थाले तर कसैले पनि यो कार्य गर्न मानेनन र आतं पनि गर्न सकेन। कहि कतै अप्रिय घटना भयो हामीलाई दोष लाग्छ। तर कुष्ठरोगीले गोठालाहरुका सामु धेरै लामो समयसम्म अनुनय विनय गर्दै आफ्नो अदान हठ नछाडे पछि फलस्वरुप गोठालाहरुले लठ्ठीको सहायताले पल्टाइदिएर त्यही पोखरीमा हाम्फाल्दा केही बेर पछि आफ्नो शरीर सवलाङ रूपमा परिणत भयो। यो देखेर सबै जना आस्चर्य र चकित अदभूत दृश्यको सामना गर्नु पर्यो।उनी पनि आचम्मित खुशी गदगद भएर आफ्नो हात खुट्टा छाम्दै पहिलाकै ठाँउमा आएर बसे। यो देखेर गोठालाहरुले हल्ली खल्ली गरे पछि सबै ठाँउ बाट हेर्न आउने मानिसहरुको निक्कै घुइँचो लाग्न थाले । त्यसै समयमा भिख माग्न गएकि सत्यकेशरी पनि आइपुग्दा मानिसहरुको भिडमा आफ्न पतिलाई नदेख्दा र त्यो देखेर पतिले कुष्ठरोगी पतिमै हु भनेर चिनाउन थाले । यसै किवदन्ती अनुसार हाल सम्म पनि यो पोखरीमा स्नान गर्नाले कुष्ठरोग निको हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ ।

                                                               

     

     

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै