• TOKHA LIVE

      TOKHA LIVE

    • ५ माघ २०७९, बिहीबार १७:२१

    काठमाँडौको स्थानिय सरकारमा निर्वाचित १ सय ४९ मध्येमा नेतृत्वमा ३ महिला वडाअध्यक्ष

    नविना श्रेष्ठ माघ ५,२०८० /काठमाडौँ महानगरपालिकाको स्थानीय सरकारमा निर्वाचित १ सय ४९ मध्येमा नेतृत्वमा ३ महिला वडाध्यक्षहरु रहेका छन्। ती नेतृत्वका महिलाहरु सानुमैंया महर्जन, सुमित्रा पाण्डे त्रिपाठी र शान्ता खनाल रहेका छन्। आधा आकासको रुपमा लिइने महिलाहरुको उपस्थिति पछिल्लो समय राजनीतिमा पनि उल्लेख्य देखिन थालेको छ । संविधानले खुल्ला वर्गीय र अनिवार्य गरि ३३ प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरेपछि चुलाचौकामा ब्यस्त महिलाहरु विभिन्न क्षेत्रमा अग्रपंक्तिमा देखिन थालेका हुन । भने ०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट राजधानी काठमाडौं जिल्लामा राज्यले ग्यारेन्टी गरेको ३३ प्रतिशत मापदण्डभन्दा पनि माथि पार्टीबाट टिकट पाई वडाअध्यक्ष पदमा तीन महिलाहरु विजयी भई कार्यरत रहेको हामीले भेटाएका छौं।

    जिल्लाका ११ वटा पालिकाहरुमध्ये कीर्तिपुर, टोखा र बुढानीलकण्ठ नगरपालिकाका तीन महिला वडा अध्यक्षहरुको अर्को संयोग तीनजनाको नाम पनि ‘स’बाट जुरेको छ । कीर्तिपुर ८ की सानुमैंया महर्जन, टोखा ६ की शान्ता खनाल र बुढानीलकण्ठ ९ की सुमित्रा पाण्डे त्रिपाठी यी महिला वडा अध्यक्ष हो। सानुमैंया र शान्ता नेपाली कांग्रेसबाट जितेका हुन् भने सुमित्रा नेकपा एमालेबाट विजयी भएका हुन् । निर्वाचन आयोगद्वारा सार्वजनिक मत परिणामअनुसार कीर्तिपुर ८ वडाका अध्यक्ष सानुमैंया महर्जन ५ सय ६५, तोखा ६ वडाका अध्यक्ष शान्ता खनालले १ हजार ७५ र बुढानीलकण्ठ ९ का अध्यक्ष सुमित्रा पाण्डे त्रिपाठीले ९ सय ४८ मत प्राप्त गरि विजयी भएको उल्लेख छ । तीनै महिला जनप्रतिनिधि नेतृत्वहरुलाई सबैले गर्व गरेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै