• TOKHA LIVE

    • १९ पुष २०७९, मंगलवार १६:३८

    टोखामि अटो हबले ल्यायो ‘टीभीएस रोनिन’

    नविना श्रेष्ठ ,पौष १८,२०८०/ टोखा नगरपालिका वडा नं ३स्थित इस्थूलीमा टीभिएस वितरक टोखामि अटो हब प्रा.लि.ले टीभीएस रोनिन मोटरसाइकल हिजो एक कार्यक्रम गरी सार्वजनिक गरेको हो । कम्पनीले दुई भेरियन्टमा टीभीएस रोनिन सार्वजनिक गरेको हो । टीभीएस मोटर्सको टोखाका लागि आधिकारिक विक्रेता टोखामि अटो हब प्रा.लि.ले एक कार्यक्रम बीच नेपालमा नै एसेम्वल भएको रोनिन सार्वजनिक गरेको छ। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका काठमाडौं क्षेत्र नं ५ का प्रदिप पौडेलले ‘टीभीएस रोनिन’ नेपालमै एसेम्वल भएको मोटर साइकल सार्वजनिक भएकोमा खुशी ब्यक्त गर्दै युवाहरुको समूहले सञ्चालन गरेको अटो हबको सफलताको कामना व्यक्त गरे। टोखा नगरपालिकाका उप प्रमुख मुरारी तामाङले टोखा अटो हबले आफ्नो व्यवसायसँगै दर्जनौंलाई रोजगारीको सृजना गरेको भन्दै प्रशंसा गर्दै टोखा नगरपालिकाले सक्दो सहयोग गर्ने बताएका छन्। जगदम्बा मोटर्सका प्रतिनिधि दिपेश डंगोलले सार्वजनिक भएको मोटर साइकलको बारेमा जानकारी दिएका थिए । उर्वर बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष देवराज डंगोल लगायतका व्यक्तित्वहरुले सफलताको शुभकामना दिईएको थियो। टोखामि अटो हब प्रा.लि.का अध्यक्ष किरण डंगोलले धन्यवाद ज्ञापन गर्दै ‘टीभीएस रोनिन’ मोटर साइकल आधुनिक प्रविधियुक्त धेरै विशेषता भएकोले यो नयाँ पुस्ताले रुचाउने विश्वास लिएको बताए ।टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्बा मोटर्सले पुष १ गते नेपालमा नै एसेम्वल भएको रोनिन सार्वजनिक गरेको थियो । कम्पनीले नेपालमा नै एसेम्वल गरेको २२५ सीसी क्षमताको क्रुजर मोटरसाइकल रोनिनको सुरुवाती मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ तोकेर विक्री सुरु गरेको छ ।टीभीएस रोनीनमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।

    यसको फ्रन्टमा राउन्ड सेप एलईडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डीआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।

     

    कम्पनीले यो मोटरसाइकलको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन दिएको छ । रोनिनको राइडिङ पोस्चर अप राइड पोजिशनिङ छ भने कम्फर्टका लागि वाइड सिंगल पिस सिट दिएइको छ ।

    त्यस्तै, यो मोटरसाइकलमा १७ इन्च ह्वील, दुवै चक्कामा डिस्क ब्रेकका साथै एबीएस फिचर पाउन सकिन्छ । यसका अलावा रोनिनमा राइड मोड, फुल एलइडी हेडल्याम्प, टी सेप एलईडी डीआरएल, साइलेन्ट स्टार्ट जस्ता फिचर दिइएको छ ।

    त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ । कम्पनीले यो मोटरसाइकलको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन दिएको छ । रोनिनको राइडिङ पोस्चर अप राइड पोजिशनिङ छ भने कम्फर्टका लागि वाइड सिंगल पिस सिट दिएइको छ । कार्यक्रममा काठमाडौं क्षेत्र-५ का माननीय प्रदिप पौडेल, टोखामि अटो हब प्रा.लि.का अध्यक्ष किरण डंगोल, टोखा नगरपालिकाका उप प्रमुख मुरारी तामाङ, बुढानीलकण्ठ नगरपालिका-४ का वडाध्यक्ष श्रीराम के.सी., बृहत उर्वर बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष देवराज डंगोल, जगदम्बा मोटर्सका प्रतिनिधि दिपेश हमाल, नेपाली कांग्रेस टोखा नगरका सभापति ओम कृष्ण बिमली, गायक कविन्द्र श्रेष्ठ, जगदम्बा मोटर्स तथा टोखामि अटो हब प्रा.लि.का सदस्य लगायतको उपस्थिति रहेको कार्यक्रममा ‘टीभीएस रोनिन’ को सार्वजनिक गरेका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै