• TOKHA LIVE

    • २२ पुष २०८०, आईतवार १६:३४

    सरस्वती माध्यमिक विद्यालयलाई ‘तेस्रो नगरस्तरीय रास्ट्रपति रनिङ शिल्ड’को उपाधि

    काठमाडौं २२ पुस / सरस्वती माध्यमिक विद्यालयले ७ स्वर्ण पदकसहित ‘ तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड ‘ प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ ।टोखा नगरपालिकामा मंसिर ३० गते सुरु भएको प्रतियोगिताका विभिन्न खेलमा सरस्वती माविले ७ स्वर्णसहित ८ रजत र १३ कास्य गरी २८ पदक प्राप्त गरेको छ ।

    प्रतियोगितामा तिलिङ्गाटार माध्यमिक विद्यालयले ५ स्वर्ण, ३ रजत ,र २ कास्य गरि  १० पदक सहित  दोस्रो,काठमाडौं ग्वोबल स्कुलले ४ स्वर्ण, ३ रजत,र १ कास्य गरि ८ पदक सहित  तेस्रो स्थान हासिल गरेका छन् ।

    शनिबार  टोखा नगरपालिकाको कार्यपालिकाको सभाहलमा शिक्षाविभागले आयोजना गरेको पुरस्कार वितरण तथा समापन कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी तथा शिक्षा शाखा प्रमुख बाबुराम गौतम एवं खेलकुद संयोजक तिलिङ्गाटार माध्यमिक विद्यालयका प्रधानाध्यपक सरोज पाण्डेले पदक र शिल्डसहित विद्यालयलाई नगद पुरस्कार प्रदान गरेको थियो ।

    टोखा नगरपालिका नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी प्रतिस्पर्धा गराएको प्रतियोगितामा छात्र र छात्राको भलिबल, कबड्डी, मार्सल आर्टतर्फ कराते, तेक्वान्दो, उसु, एथलेटिक्स तर्फ हाइजम्प, लङजम्प, सटफुट, मिटर रिलेलगायतका खेल समावेश गराएको थियो ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै