• TOKHA LIVE

    • २० मंसिर २०८०, बुधबार १६:३१

    नेपालका यू-१६ टिमका खेलाडी टोखाका रोहित श्रेष्ठले म्यानचेस्टर युनाइटेडमा एक साता प्रशिक्षण गर्ने

    काठमाडौं,२०मसिर /नेपालको यू-१६ राष्ट्रिय टिमका खेलाडी टोखाका रोहित श्रेष्ठ इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा एक साता प्रशिक्षण गर्ने भएका छ्न्। ‘युनाइटेड वी प्ले’ कार्यक्रमका विजेता रोहितलाई एन्फाका महासचिव किरण राईले बिदाइ गरे। यो कार्यक्रम ग्रासरुट फुटबलको हो भने कार्यक्रमलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले सहयोग गर्ने गर्छ। राष्ट्रिय यू-१६ खेलाडी श्रेष्ठले म्यानचेस्टर युनाइटेडमा एक साता बिताउने छन्। त्यहाँ उनले म्याच-डेको अनुभव, म्यानचेस्टर युनाइटेड सकर स्कूलका प्रशिक्षकहरूसँग प्रशिक्षण सत्र र म्यानचेस्टर युनाइटेडका लिजेन्डरूसँग अन्तरक्रिया गर्नेछन्। एपोलो टायर्सको आर्थिक सहयोगमा हुने कार्यक्रमलाई एन्फाले प्राविधिक सहयोग गरेको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै