• TOKHA LIVE

    • २० मंसिर २०८०, बुधबार १६:२२

    टाेखामा सिचु पाठशालाको शुभारम्भ

    काठमाडौं २० मंसिर / टाेखामा सिचु पाठशाला तथा ट्रेनिङ सेन्टरको सुभारम्भ भएको छ । दक्ष जनशक्ति र अनुभवी शिक्षक, शिक्षाकाहरुद्वारा सञ्चालित यस मन्टेश्वरी प्रिस्कुलमा मा पारिवारिक वातावरणमा बालबालिकाको इच्छा, अाकांक्षा,मनोविज्ञानलाई मध्य नजर गर्दै प्रयोगात्मक, अडियो,भिडियो पद्धति, प्रयोगात्मक पद्धति, अपनाएर अध्ययन अध्यापन गराइनुका साथै सभ्य,अनुसासित, कर्तव्य बाेध र बालबालिकाहरुको इच्छा अनुसार लक्ष्य निर्धारण गराउने तवरले अध्यापनका साथै सुसंस्कार सिकाउने ध्येयका साथ सिचु पाठशाला अगाडि बढिरहेकाे छ सिचु पाठशाला तथा ट्रेनिङ सेन्टरका प्रिन्सिपल सरिता महर्जनले जानकारी गराइन् ।

     

    बिगत डेढ दशकदेखि सोही क्षेत्रमा कार्यरत अनुभवि प्रशिक्षकहरुद्वारा सञ्चालित पाठशालामा बालबालिकाहरुको देकियर, मन्टेश्वरी र मन्तेश्वरी ट्रेनिङ गरि तीनवटा प्याकेजमा पाठशाला सञ्चालन भैरहेको छ। कार्यक्रमका बिशिस्ट अतिथी टोखा नगरपालिका वडा नं ३ का अध्यक्ष रमेश डंगोलले शिक्षा क्षेत्रमा बालबालिकाहरुलाइ प्रयोगात्मक र पारिवारिक वातावरणमा अध्ययन अध्यापन गराउने सिचु पाठशाला तथा ट्रेनिङ सेन्टरलाई बधाई दिदै युवा जोस जागरले सञ्चालनमा ल्याएको यश ट्रेनिङ सेन्टरले २०७९ सालमा वडामा सञ्चालन गरेको मन्टेश्वरी ट्रेनिङले महिला दिदीबहिनीहरुमा जोश, अात्मविश्वास र रोजगारीको अवसर सृजना गर्दै नयाँ राेजगारको मार्ग खोलिदिएकोमा प्रशंसा गर्दै बधाई तथा शुभकामना दिए।

    कार्यक्रमका बिशिस्ट अतिथी टोखा नगरपालिका वडा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले पाठशाला तथा ट्रेनिङ सेन्टरले सञ्चालन गरेको मन्टेश्वरी ट्रनिङको प्रशंसा गर्दै मन्तेश्वरी पाठशाला तिमले आगामी दिनहरुमा निमावि र मावि सम्मको विद्यालय बनाउन सकुन भनेर शुभकामना दिदै शिक्षा क्षेत्रमा आमुल परिवर्तनको बिजारोपन गरेको हार्दिक आभार प्रकट गरे।

    कार्यक्रमका बिशिस्ट अतिथी टोखा न.पा. ३ का महिला सदस्य शान्ता राईले सिचु पाठशाला तथा ट्रेनिङ सेन्टरद्वारा सञ्चालनमा आएको प्रशिक्षणको प्रशंसा गर्नुका साथै युवा टिमवर्क आजको आवश्यकता रहेको भन्दै महिला टिमको खुलेर प्रशंसा गरे । आगामी दिनमा वडाबाट सक्दो सहयोग गर्ने वाचा गरिन ।

    कार्यक्रमका बिशिस्ट अतिथी टोखा नगर शिक्षा शाखा खगेन्द्र धामीले शिक्षा क्षेत्रमा मन्टेश्वरी भनेको महत्त्वपुर्ण जग हो र यस जगले नै बाबलबालिका हरुको भविष्य निर्धारण गर्ने हुँदा संवेदनशील भएर अध्ययन अध्यापन गर्न गराउन सुझाव दिए।

    कार्यक्रमका प्रमुख अतिथी टाेखा नगरपालिकाका उपमेयर मुरारी तामाङले सृजनशील, जुझारु, समुहद्वारा सञ्चालित सिचु पाठशालाकाे प्रशंसा गर्दै आफुले साथ सहयोगसंगै सहकार्य रहने बाचा गर्दै उत्तराेत्तर प्रगति एवम् बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । सिचु पाठशालाको शुभारम्भ कार्यक्रममा समाजसेवी भुमा गुरुङ, टाेखा नगरपालिका वडा ३ का सचिव सानू श्रेष्ठ लगायत सिचु पाठशालाका शिक्षक, शिक्षिकाहरुको उपस्तिथि रहेको थियोे ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै