• TOKHA LIVE

      TOKHA LIVE

    • २५ आश्विन २०८०, बिहीबार १६:१३

    टाेखा इन्द्रायणी मन्दिरपरिसरमा नवनिर्मित मौलिक ढुङ्गेधारा समाजसेवी शैलेन डंगोलद्वारा उद्घाटन

    काठमाडौं २६ कार्तिक /टाेखा नगरपालिका वडा नं.३ स्थित धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको इन्द्रायणी पिगंद्य मन्दिर परिसरमा नवनिर्मित मौलिक सार्वजनिक ढुङ्गेधाराको उद्घाटन सम्पन्न भएको छ। इन्द्रायणी दापा खल: टाेखाका गुरु तथा सांस्कृतिककर्मि भाइलाल डंगोलका धर्मपत्नी स्व. राममाया डंगोलको सम्झनामा इन्द्रायणी मन्दिर परिसरमा बनेको नवनिर्मित मौलिक हिति /ढुङ्गेधाराको आज जेम 30 ग्रुपका अध्यक्ष समाजसेवी शैलेन डंगोलले रिबन काटेर उद्घाटन गर्नुभएको हो । समाजसेवी शैलेन डंगोलले आफ्नो व्यक्तिगत रूपमा रु ५ लाख लगानी गरेर मौलिक हिति /ढुङ्गेधारा निर्माणको साथै बोरिंग गरि पानी निकाली ढुङ्गे धारा निमार्ण सम्पन्न गरि श्री इन्द्रायणी पिगंद्य खल: गुथीलाई हस्तान्तरण गरेका हुन् । मौलिक ढुङ्गेधारा उद्घाटनका क्रममा श्री इन्द्रायणी दापा खलले मंगल धुन बजाएर कार्यक्रमलाई शोभा बढाएका थिए ।

     

    समाजसेवी शैलेन डंगोलले इन्द्रायणी पिगंद्य मन्दिर परिसरमा दैनिक नित्यपुजापाठ,सरसफाइ , पिउने लगायत पानीको अभाव देखिएपछि सहयोग र सेवाभाव जागेको हुँदा भावनात्मक रूपमा योगदान दिनुपर्छ भनेर इच्छा जागेकोले मौलिक हिति /ढुङ्गेधारा निर्माण गरेको बताए । समाजसेवी डंगोलले कार्यक्रम सफलता पुर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै मौलिक हिति /ढुङ्गेधारा निर्माण सम्पन्न गर्ने टिम तथा उद्घाटन कार्यक्रममा सहयोग गर्ने इन्द्रायणी पिगंद्य खल:,इन्द्रायणी दापा खल: , इन्द्रायणी सामुदायिक वन,आफन्तजन र सहकर्मी साथीहरू प्रति हार्दिक आभार व्यक्त गर्नुभयो। श्री इन्द्रायणी दापा खल: टाेखाका गुरु तथा सांस्कृतिककर्मि भाइलाल डंगोल र स्व. राममाया डंगोलका पाँच छोरा र तीन छोरी मध्यका समाजसेवी शैलेन डंगोल कान्छा छोरा हुन। कार्यक्रममा बिशिस्ट अतिथी इन्द्रायणी दापा खलका जलगाञं गुरु चन्द्रमान डंगोल ,इन्द्रायणी पिगंद्य खल गुथीका अध्यक्ष सुकुनारायण डंगोल ,इन्द्रायणी दापा खलका अध्यक्ष नाति डंगोल ,टाेखा सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोल ,समाजसेवि शंकर डंगोल,सम्पदा अभियन्ता सुशान्त डंगोल , टाेखाली ब्वाइज ग्रुपका अध्यक्ष विकास महर्जन ,जेम 30 ग्रुपका पदाधिकारीहरु , सम्पदा प्रेमी , बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै