• TOKHA LIVE

    • २६ भाद्र २०८२, बिहीबार १३:२९

    टोखामा सडक खाजा महोत्सव स्थगन सम्बन्धी अत्यावश्यक सूचना

     

    काठमाडौँ, भदौ २६ / ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको टोखा नगरपालिकामा प्रत्येक शनिबार आयोजना हुँदै आएको ‘नेवा: सडक खाजा महोत्सव’ स्थगन सम्बन्धमा विशेष सूचना प्रकाशित गरिएको छ।

    टोखा नगरपालिका–३ का अध्यक्ष रमेश डंगोलद्वारा जारी सूचनामा भनिएको छ कि हाल देखिएको विशेष परिस्थिति कारण महोत्सव स्थगन सम्बन्धी विषयमा अझै स्पष्ट निर्णय नभएकाले अर्को सूचना सार्वजनिक नभएसम्म सर्वसाधारण, व्यवसायी तथा सरोकारवालालाई धैर्य गर्न अनुरोध गरिएको छ।

    सूचनामा थप भनिएको छ “-
    “यसबाट पर्न गएको असुविधा प्रति सम्पूर्ण व्यवसायी तथा सरोकारवालाहरूप्रति हामी क्षमाप्रार्थी छौँ।”

    टोखावासीले हरेक शनिबार सांस्कृतिक माहोलमा रमाइलो गर्दै आएका यस महोत्सवलाई व्यवस्थित र सुरक्षित ढंगले निरन्तरता दिन नगरपालिका जुटिरहेको समेत जानकारी गराइएको छ।

    “झिनु संस्कृति लिनु म्हसिका, कमाऔं, रमाऔं र जोगाऔं” भन्ने भावनासहित टोखामा हरेक शनिबार विशेष नेवारी खाजा महोत्सव टोखा मुलगेटदेखि गणेशस्थानसम्मको मुल सडकमा दिउँसो ३ बजेदेखि ७ बजेसम्म आयोजना हुने यो महोत्सवमा स्थानीय स्वाद र संस्कृतिको रमाइलो अनुभव गर्न सकिन्छ। नेवारी परिकारसँगै सांस्कृतिक सौन्दर्य र सामुदायिक मेलमिलापको वातावरण महोत्सवले झल्काउने गरेको छ।

    महोत्सवलाई टोखा नगरपालिका वडा नं. २ र ३ ले आयोजना गर्दै आएका छन् भने व्यवस्थापनमा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समिति र साथै, नेवाः गथि टोखाले पनि सहयोग पुर्‍याउँदै आएको छ।

    स्थानीय बासिन्दादेखि बाहिरी आगन्तुकसम्म सबैका लागि खुला यो महोत्सवले टोखाको मौलिकता, स्वाद र परम्परा जोगाउने अभियानलाई अझ मजबुत बनाइरहेको छ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै