• TOKHA LIVE

    • २२ भाद्र २०८२, आईतवार ०६:५४

    टोखामा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गरे बुद्धभूमि महाविहारको निरीक्षण, तेस्रो स्तुपा निर्माणको योजना अघि बढ्दै

     

    टोखा, २० भदौ ।
    टोखा नगरपालिका–३ मा अवस्थित बुद्धभूमि महाविहारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप पौडेलले निरीक्षण भ्रमण गर्नुभएको छ। सो क्रममा टोखा–२ र ३ का पूर्व वडा अध्यक्ष दीपक राज जोशी, सिंहराज श्रेष्ठ, टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठलगायत स्थानीय व्यक्तित्वहरूले समेत महाविहारको अवलोकन गर्नुभयो।

    काठमाडौँको स्वयम्भुनाथ र बौद्ध स्तूपापछि अब टोखामा तेस्रो स्तूपा निर्माण गर्ने उद्देश्यसहित योजना र डिपिआर तयार गर्ने काम भइरहेको समितिले जनाएको छ। यसका लागि नेपाल सरकार र बागमती प्रदेश सरकारबाट बजेट विनियोजन भइसकेको पनि जानकारी दिइएको छ।

    स्थानीयवासीले यो योजनाले टोखाको ऐतिहासिक र सांस्कृतिक महत्त्व थप उजागर गर्ने विश्वास व्यक्त गरेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै