टोखा, भदौ १७।
टोखा नगरपालिकाले १९औं राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विशेष कार्यक्रमका साथ मनाउने भएको छ। “तीनै तहका सरकार मिलि गरौं हातेमालो , मानव बेचबिखनको हटाऔं जालो ” भन्ने नाराका साथ दिवस मनाइने नगरपालिकाले जनाएको छ।
यस अवसरमा विभिन्न टोल विकास संस्था, महिला समूह, युवा क्लब, सामाजिक संस्था लगायतलाई सहभागी हुन नगरपालिकाले अनुरोध गरेको छ।
कार्यक्रम विवरण
नगरपालिकाले सबैलाई यस कार्यक्रममा सहभागी भई मानव बेचबिखनविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन आह्वान गरेको छ।


