TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • सम्वत् सम्बन्धी नीति खोइ ? २०८३ कार्तिक २२, आइतवार
  • एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी २०८३ कार्तिक २२, आइतवार
  • पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल २०८३ कार्तिक २१, शनिवार
  • विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक २०८३ कार्तिक २१, शनिवार
  • दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष २०८३ कार्तिक १९, बिहीवार

इन्द्रजात्राको लिङ्गो नगर प्रवेश

  • Avatar photo

    TOKHA LIVE

  • २०८२ भाद्र १५, आइतवार
इन्द्रजात्राको लिङ्गो नगर प्रवेश
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

काठमाडौँ, १५ भदौः इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार आज बिहान ९ः५२ बजे इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको छ । भोटेबहालबाट इन्द्रजात्राको लिङ्गो घिसारेर वसन्तपुर दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि लगी राख्नुलाई नगर प्रवेश गराउनु भनिन्छ । इन्द्रजात्राको लिङ्गो नगर प्रवेशका लागि घिसार्नेलगायत काममा परम्परादेखि मानन्धर समुदाय सक्रिय हुने गरेकाले सोहीअनुसार नगर प्रवेश गराइएको संस्थान काठमाडौँ शाखा कार्यालयका प्रमुख लक्षुणा शर्माले राससलाई जानकारी दिनुभयो । भाद्र शुक्ल द्वितीयाको राति भक्तपुरस्थित चित्तपोल सामुदायिक वनमा काटिएको सल्लाको रुख त्यसको भोलिपल्ट घिसार्दै भोटाहिटीमा ल्याई राखिएको थियो । इन्द्रजात्राको लिङ्गोका लागि ल्याइएको त्यही सल्लाको रुखलाई आज भोटाहिटीबाट नगर प्रवेश गराइएको संस्थान केन्द्रीय कार्यालयका सहायक इञ्जिनीयर भीमप्रसाद अधिकारीले जानकारी दिनुभयो । सोही लिङ्गो भदौ १९ गते भाद्र शुक्ल द्वादशीको बिहान १०ः३१ बजे इन्द्रध्वजोत्थान अर्थात् लिङ्गो उठाउने गरिन्छ । बाँस, डोरीलगायत सामग्रीको सहायताले इन्द्रध्वजोत्थान गरिन्छ । इन्द्रध्वज र पताकासहित तान्त्रिक विधिले इन्द्रध्वजोत्थान गरिन्छ । इन्द्रध्वजोत्थान गरेपछि भाद्र शुक्ल चतुर्दशीअर्थात् अनन्त चतुर्दशीका दिन राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट व्यक्तित्वको उपस्थितिमा कुमारी, गणेश र भैरवको यात्रा गराइन्छ । यो दिन इन्द्रजात्राको मुख्य दिन हो ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
सम्वत् सम्बन्धी नीति खोइ ?

सम्वत् सम्बन्धी नीति खोइ ?

२०८३ कार्तिक २२, आइतवार
एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

२०८३ कार्तिक २२, आइतवार
पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

२०८३ कार्तिक २१, शनिवार
विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

२०८३ कार्तिक २१, शनिवार
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

२०८३ कार्तिक १९, बिहीवार
टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

२०८३ कार्तिक १९, बिहीवार
  • छुटाउनुभयो कि? सबै
    सम्वत् सम्बन्धी नीति खोइ ?

    सम्वत् सम्बन्धी नीति खोइ ?

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol