• TOKHA LIVE

    • १३ भाद्र २०८२, शुक्रबार २२:२०

    धादिङमा सडक पिच विवाद : पीडित परिवार सडकमै तारबार लगाएर न्याय खोज्दै

    धादिङ, १३ भदौ ।
    धादिङको धुनिबेसी नगरपालिका–५, साविक केबलपुरका बिमला महर्जनले आफ्नो जग्गा बचाउन सडकमै तारबार लगाएर संघर्ष गर्नुपरेको छ। सडक विभागले मापदण्ड विपरीत निजी जग्गामा पिच गरेको भन्दै महर्जन न्यायका लागि निरन्तर आवाज उठाइरहेकी छन्।

    उनको यो संघर्षमा राष्ट्रिय मुक्ति पार्टीसँगै स्थानीयबासीको साथ छ। नेवाः राष्ट्रिय परिषद्को अगुवाइमा सडकमा तारबार लगाएर जनसुनुवाइ कार्यक्रम समेत गरिएको थियो। कार्यक्रममा उपस्थित आन्दोलनकारीहरूले सडक खनेर तारबार लगाउँदै सरकारलाई पीडितको न्याय सुनिश्चित गर्न आग्रह गरे।

    कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी, उपाध्यक्ष कौशलकुमार सिंह, प्रवक्ता रविन्द्रकुमार श्रेष्ठलगायतका नेताहरू उपस्थित थिए। उनीहरूले सरकारलाई नागरिकको जग्गा कब्जा गरेर सडक बनाउने प्रवृत्ति रोक्न चेतावनी दिएका छन्।

    हलिं नेवाः गुठीका संस्थापक शान्त प्रकाश श्रेष्ठ, विनोद महर्जनलगायतले पनि पीडित बिमला महर्जनलाई न्याय दिन सरकारसँग जोडदार माग गरे।

    संयोजक सायमीले भने, “निजी सम्पत्तिमाथि जबर्जस्ती कब्जा गरेर विकासका नाममा अन्याय गर्ने काम अब सह्य हुँदैन। तत्काल कदम चाल्नुपर्छ।”

    न्यायका लागि सडकमै तारबार लगाएर उभिएकी महर्जनको आवाज आज धादिङको मात्र होइन, सम्पूर्ण पीडित नागरिकहरूको आवाज बनेको छ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै