टोखा, काठमाडौं । भदौ १३,
-सानुकाजी थापा/टाेखा नगरपालिका–१ मा आयोजित तीज विशेष कार्यक्रम महिलाहरूको उत्साह र रंगीन सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न भएको छ।
वडा अध्यक्ष रमेशकुमार लामिछानेको सभापतित्वमा र टोखा नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय महिलाले दोहोरी गीतदेखि नृत्यसम्मका विविध प्रस्तुति दिए। अध्यक्ष लामिछानेले यस्ता कार्यक्रमले महिला प्रतिभा उजागर गर्ने अवसर दिन्छ भन्दै निरन्तरतामा जोड दिनुभयो।
कार्यक्रममा उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, योजना प्रमुख बाबुराम गौतम, आर्थिक प्रशासन प्रमुख तारा प्रसाद निरौला, जिल्ला सदस्य राजकुमार विडारी, वडा–६ की अध्यक्ष सान्ता खनाल, पूर्व वडा अध्यक्ष श्रीकृष्ण अधिकारीसहित राजनीतिक दलका प्रतिनिधि र समाजसेवीहरूको पनि उपस्थिति थियो।
गायक नवीन पौडेल, सुन्दर लामिछाने, सुदर्शन अधिकारीलगायतका कलाकारले गीतसंगीत प्रस्तुत गर्दै वातावरणलाई झन् रमाइलो बनाएका थिए। तीज प्रतियोगितामा टिम बिनिता प्रथम बनेको थियो। विजेता टोलीलाई अध्यक्ष लामिछानेले प्रमाणपत्र, नगद र मायाको चिनो प्रदान गर्नुभयो।
कार्यक्रमको स्वागत मन्तव्य कार्यपालिका सदस्य सुनिता श्रेष्ठ परियारले गर्नुभएको थियो भने सञ्चालन वडा सदस्य सुनिता अधिकारी काफ्लेले गर्नुभएको थियो।

