काठमाडौँ, भदौ ९/ टोखा नगरपालिका १ नम्बर वडाको सहजीकरणमा सेतुबन्ध युवा क्लबले आगामी भदौ २१ गतेदेखि टोखा १ झोर टोल स्तरीय फुटबल प्रतियोगिता (टोल कप) आयोजना गर्ने भएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले भदौ १० गतेदेखि १५ गतेसम्म दर्ता गराउनुपर्ने वडाले जनाएको छ। प्रतियोगिता सफल बनाउन वडाले दर्ता सम्बन्धी सूचना सार्वजनिक गरेको हो।
दर्ता गर्न इच्छुकले सेतुबन्ध युवा क्लबसँग सम्पर्क गर्न सक्नेछन्।
संपर्क नम्बरहरू:
वडा अध्यक्ष रमेश कुमार लामिछानेका अनुसार प्रतियोगिताबारे थप जानकारी आगामी दिनमा सार्वजनिक गरिने छ।


