• TOKHA LIVE

    • १८ श्रावण २०८२, शनिबार १४:५८

    सुमित्रा डंगोल नेपाली महिला राष्ट्रिय सेपाकताक्रो टिमकि सधैं एक उत्कृष्ट खेलाडी

     

    – सानुराज डंगोल
    काठमाडौं, टोखा।

    एक सामान्य स्कुले छोरीको सपना कसरी राष्ट्रिय गौरव बन्छ भन्ने उदाहरण हुन् , सुमित्रा डंगोल। कहिल्यै हार नमान्ने आत्मबल, अनुशासन र देशका लागि केही गर्न सकिन्छ भन्ने अठोटको पर्याय बनेकी छन् उनी।

    हालै थाइल्यान्डको हात्जाईमा सम्पन्न ३८औं इस्ताफ सेपाकताक्रो विश्व च्याम्पियनसिप २०२५ मा नेपालले दुई स्वर्ण, एक रजत र एक कांस्य पदक जित्ने ऐतिहासिक सफलता हात पार्‍यो। नेपाली टोलीमा समावेश टोखाकी सुमित्रा डंगोलको योगदान त्यसमा पनि उल्लेखनीय रह्यो।

    २०५८ साल मंसिरमा बुबा साहिला डंगोल र आमा अष्टमाया डंगोलको कोखबाट जन्मिएकी सुमित्राले टोखाकै श्री सरस्वती उच्च मा.वि. मा कक्षा ८ मा पढ्दादेखि सेपाकताक्रो खेलमा सुरुवात गर्दै डुबुल्की मारिन्। त्यही स्कुल, त्यही मैदान, अनि त्यो उमेरमै सुरु भएको यो यात्रा अहिले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने माध्यम बनेको छ।

     

    पहिलो सफलता सुमित्राले २०७१ सालको दोस्रो राष्ट्रिय सेपाकताक्रो प्रतियोगितामा कास्य पदक हात पार्दै सुरुवात गरेकी सुमित्राले त्यसपछिका वर्षहरूमा मध्यमाञ्चल क्षेत्र हुँदै राष्ट्रिय खेलकुद परिषदको प्रतियोगितासम्म चम्किइन्।

    सन् २०१७ मा श्रीलंकाको कोलम्बोमा आयोजित दोस्रो दक्षिण एसियाली च्याम्पियनसिपमा रजत पदक जितेपछि उनले आमालाई सम्झिन्। त्यही पदक, त्यही सम्झनाले उनको जीवनमा अर्कै मोड लियो ।

    मेहनतको फल मिठो हुन्छ भने झै पदक र विभिन्न पुरस्कार र प्रेरणाले सफलता पाइरहिन्।

    नेपाली राष्ट्रिय महिला सेपाताक्रो टिममा सम्मीलित सुमित्राले जति पदक जितिन्, उति पटक उनले देशको नाम उच्च बनाइन्।

    राखेप च्याम्पियनसिप २०७४ मा स्वर्ण पदक

    प्रथम खुल्ला नेपाल सेपाकताक्रो प्रतियोगिता २०७४ मा पुनः स्वर्ण

    तेस्रो दक्षिण एसियाली च्याम्पियनसिप २०१८ मा पुनः रजत

    सेपाकताक्रो किङ्स कप विश्वकप २०२३ मा कांस्य

    ५औं दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिप २०२४ मा रजत

    थाइल्यान्डको हात्जाईमा सम्पन्न ३८औं इस्ताफ सेपाकताक्रो विश्व च्याम्पियनसिप २०२५ दुई स्वर्ण

    राष्ट्रको गौरव बढाएको भन्दै तत्कालीन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट रु १५,००० नगदसहित सम्मान–पत्र समेत प्राप्त गरिन्।

     


    यो मानेमा सुमित्रा डंगोल महिला सेपाकताक्रोकि सधैं १ उत्कृष्ट खेलाडी हुन् भन्ने प्रमाणिात गर्छ। भने त्यस्को साथसाथै महिला राष्ट्रिय सेपाकताक्रोकि टिम सधै बधाईको पात्र बनिरहेका छन् ।

    पढाइ र खेल सँगै लैजाने क्रममा हाल सुमित्रा रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर अध्ययनरत छन्।
    खेलमै भविष्य देखेकी उनले NSA र SSAN द्वारा आयोजित सेपाकताक्रो ‘A’ लेवल कोचिङ पनि पुरा गरेकी छन्।

    चुनौतीको सामना गर्दै अघि बढेकी एक छोरीले समाजमा अझै पनि केटीहरूलाई खेलकुदमा अगाडि ल्याउने वातावरण छैन। तर सुमित्राको आत्मविश्वास झल्काउने शब्दहरू यस्ता छन् । “यदि मेरा बुबाले पनि ‘केटी भएर खेल्न हुन्न’ भनेका भए, म आज यो ठाउँमा हुने थिइनँ।”उनको यो सोच र दृढताले थुप्रै छोरीहरूलाई प्रेरणा दिइरहेको छ।

    टोखाको गौरवको रूपमा शिर उच्चो बनाएका सुमित्राको योगदानले आज सिङ्गो टोखा नगरपालिकाले गर्व गर्नसक्ने लायक बनाउने अवस्थामा पुर्याएको छ।


    यदि टोखा नगरपालिकाले समयमै यस्ता प्रतिभाहरूको सधै कदर गर्दै सम्मान गर्न सक्यो भने, भविष्यमा अझ धेरै अन्तर्राष्ट्रिय सफलताहरूको ढोका खुल्ने निश्चित छ।सुमित्रा डंगोलको जीवन त्यस्ता सपनाहरूको कथा हो, जुन बाल्यकालको इच्छा, निरन्तर अभ्यास, अभिभावकको साथ र समाजको हौसलाले आज आएर साकार भएका छन् ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै