• TOKHA LIVE

    • ३ कार्तिक २०८०, शुक्रबार ०६:५२

    टोखाको मनोरथ तीर्थको महिमा

    काठमाडाैं ३ कार्तिक । नवरात्रि मेलाको आज छैठौं दिन सम्पन्न भएको छ। यसै अवसरमा आज काठमाडौंको भित्री क्षेत्रभन्दा अलि टाढा रहेको टोखा दोभानमा मेलाका लागि बिहान सबेरै जाने गर्दछ । दोभानमा स्नान गर्ने भक्तजनहरु विभिन्न खलपुचहरु बाजागाजा सहित उक्त मनोहर तिर्थ दोभानमा पुग्ने गर्दछ। टोखास्थित यो दोभानलाई मनोरथ तीर्थ भनिन्छ । मनोरथ तीर्थको यो दोभानमा धर्मस्थलीबाट बगेर आइरहेको केशावती अर्थात बिष्णुमती नदीमा टोखाबाट बगेर आइरहेको विमलावती नदी मिसिन आइपुग्छ । यो काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने पहिलो तीर्थ हो । काठमाडौंबाट टाढा रहेको तीर्थ भएको कारणले काठमाडौंको भित्री नगरका मानिसहरू राति १२ बजे नै घरबाट प्रस्थान गर्दछन् । यो मनोहर तीर्थमा स्नान गर्नाले मनमा उत्पन्न हुने राग, द्वेष, मोह जस्ता खराब भावनाबाट मुक्ति मिल्दछ भन्ने जनविश्वास छ । यो तीर्थमा स्नान गरिसकेपछि टाेखावासीहरु शक्ति पीठका रुपमा यो तीर्थमा स्नान गरिसकेपछि तारकेश्वर नगरपालिका वडा ९ स्थित फुसिंख्यः मनमयजुस्थित मनमयजु मठमन्दिर , टाेल परिक्रमा गरे पस्चात (इन्द्रायणी) अजिमालाई पूजा आराधना गर्दछन् । यसै दिन मनमयजु अजिमा मन्दिरमा मनमयजु गुथीले ठुलो समय ब्व: चढाउने परम्परा छ।

     

    मनमयजुमा  रहेको शक्ति पिठ महालक्ष्मी मन्दिर, नाग पोखरी ,महादेव मन्दिर, बौद्ध , नात्येश्वरी मन्दिरमा पनि दर्शन गर्न जाने गर्दछन्। स्वयम्भू पुराण नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार यो तीर्थमा हरियो वर्णको कुलिक नागराजको बास रहेको छ । काठमाडौंका वज्रयानी बौद्धहरु यो तीर्थमा आउँदा यहाँ आर्य लंकावतार सूत्र नामक ग्रन्थको स्तोत्र पाठ गर्ने परम्परा रहेको छ । कुनै बेला दुईतिरबाट फराकिलो बाटो बनाई बग्दै आउने यी दुवै नदीहरु अहिले भने अस्तित्वको संकटमा रहेको देखिन्छ । नदीहरु पूरै अतिक्रमणको शिकार बनिसकेको छ । अहिले नदी किनारमा रहेको एउटा सत्तल र प्रस्तरको चैत्य मात्र बाँकी रहेको देखिन्छ । नदीमा बगिरहेको पानीमा पनि ढलकै मात्रा बढी देखिन्छ । जस्ले गर्दा जताततै असाध्यै गन्ध आउने हुन्छ। जस्को प्रत्येक्ष असर यहाँ आवतजावत गर्ने स्थानीयहरुलाई निक्कै कष्टकर बनिरहेको छ। काठमाडौंका नदी जस्तो प्राकृतिक सम्पदामाथि भइरहेको अतिक्रमण कति चर्को रहेछ भन्ने कुराको दृष्टान्त टोखाको यो दोभानले पनि प्रस्तुत गरेको छ । बेला बेलामा बागमती, बिष्णुमति सफाइ कार्यक्रम आयोजना गरिन्छ अनेक गरिन्छ तर पनि नदीको स्वरुपमा कुनै परिवर्तन भएको पाइदैन । यसले नगरको कला, संस्कृति र पर्यावरणमा पनि निरन्तर असर पार्ने निश्चित छ । यस्को लागि नगरपालिकाबाट समयमै सहि कदम चालिएन भने दुर्गन्धनगरमा परिणत हुन कसैले रोक्न सक्दैन।

          

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै