• TOKHA LIVE

    • ४ आश्विन २०८०, बिहीबार १२:४०

    अर्थमन्त्री महतबाट समुत्थानशील बस्ती नामक पुस्तकको बिमोचन

    असोज ४ टाेखा काठमाडौं /समुत्थानशील बस्ती, शिवपुरी गाउँपालिका-७, सुनखानी, नुवाकाेटसम्बन्धी पुस्तककाे आज माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतबाट आज एक कार्यक्रमका बिच बिहान बिमोचन गर्नुभएको छ। समुस्थानशील बस्ती नामक पुस्तकको अर्थमन्त्री माननीय डा. प्रकाशशरण महतद्वारा मन्त्रीको निजी निवासमा गरिएको पुस्तक बिमोचन कार्यक्रममा समुत्थानशील बस्ती प्रा लिका अध्यक्ष मनिराज डंगाेलकाे अध्यक्षतामा सम्पन्न भएको थियो । पुस्तकको बिमोचन गर्नुहुदै अर्थमन्त्री डा. महतले नुवाकोट जिल्लाको सुनखानी परिसरमा स्थानीय सांस्कृतिक पर्यटन विकास गर्ने उद्देश्यका साथ शुरूवात हुनलागेको समुत्थानशील होमस्टेले यस क्षेत्रको पर्यटन प्रबर्द्धनमा उच्च योगदान पुर्याउने विश्वास लिएको धारण राख्नुहुदै स्मारिकामा प्रकाशन हुने लेख रचनाले स्थानीय पर्यटन प्रबर्द्धन तथा प्रसारका लागि मार्ग दर्शन गर्नुका साथै गुणस्तरीय होमस्टे सेवाको लागि आधार समेत तयार गर्नेछ भन्ने अपेक्षा लिएको बताउनुभयो ।

    समुत्थानशील बस्ती प्रालिका अध्यक्ष मनिराज डंगाेलले काठमाडौं उपत्यकाका खासगरी टाेखाका वासिन्दाको प्राचीन कालदेखि नै सामाजिक , आर्थिक , धार्मिक साथै सांस्कृतिक रूपमा निकट सम्बन्ध रहदै आएको नुवाकोटको यश भेगमा स्थानीय भाषा, संस्कृति , भेषभुषा साथै रहन- सहनलाई प्राथमिकता दिदै पर्यटकीय सम्भावनाको ढाेका खोल्ने नै कम्पनीको प्रमुख उद्देश रहेको सुनाउदै समुत्थानशील बस्तीलाई नमूना माैलिक बस्ती बनाउने याेजना रहेकाे बताए । समुत्थानशील बस्ती प्रा लिद्वारा प्रकाशित स्मारिका पुस्तकमा विभिन्न २१ जना व्यक्तित्वहरूका विचार साथै लेख-रचनाहरू सङ्ग्रहित छन्। वरिष्ठ पत्रकार कुमार रन्जितले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष केश कुमार श्रेष्ठ, सचिव सुनिता महर्जन, सञ्चालक समिति सदस्यहरू प्रेमलाल महर्जन, भाग्यराम सुजखु लगायतकाे सहभागिता रहेको थियाे।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै