काठमाडौँ कार्तिक १ । देरचा धिमे खलः टोखाको आयोजनामा भएको ‘टोखा नगर सांस्कृतिक धिमे सुरताल सिरपा ११४३ धिमे धे धे बल्ला ,धिमे प्रतियोगिता प्रतियोगितामा टाेखा नगरपालिका वडा ३ को सांस्कृतिक समुह मूः ध्वाखा धिमे खलः प्रथम भएको छ। त्यस्तै टाेखा वडा ३ को सरस्वती धिमे खलः द्वितीय, टाेखा वडा २ को देरचा धिमे खलः तृतीय र टाेखा वडा ४ को धापासी ब्याँचुली बाँसुरी खलः तथा बुढानिलकण्ठ नगरपालिकाको स्थित गाम्चा नास धिमे खलःले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । मंगलबार ऐतिहासिक सांस्कृतिक नगरी टाेखा वडा २ स्थित थने लाछीको (डबली) दबुमा भएको भएको सांस्कृतिक धिमे प्रतियोगिता कार्यक्रम टोखा नगरपालिका र टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिको विशेष सहयोगमा देरचा धिमे खलले आयोजना गरेका हुन् ।
धे धे बल्ला(धिमे प्रतियोगितामा) काठमाडौं उपत्यकाका ९ वटा धिमे खलःले रोमाञ्च कडा प्रतिस्पर्धा गरेका थिए । मूः ध्वाखा धिमे खलः,सरस्वती धिमे खलःर देरचा धिमे खलःक्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेको खल:लाई नगद पुरस्कारका साथमा शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो। सान्त्वना स्थान पाएको खल: लाई नगद पुरस्कारका र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा उत्कृष्ट भएका प्रतियोगीहरुलाई विशेष अतिथि टोखा नगरपालिका-२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले पुरस्कार प्रदान गरेको हो । निर्णायक मन्दलले बाजाका प्रतिस्पर्धीहरुले प्रदर्शन गरेको सुरताल, बोल, शैली, नृत्य र पोशाकलाई आधार बनाएर उत्कृष्टता मूल्यांकन गरिएको हो ।
कार्यक्रममा टोखाका मूःनाय हेमराज श्रेष्ठले धिमे बाजाको सांस्कृतिक महत्वबारे चर्चागर्दै पौराणिक कालमा बाजाको तालमा देवगणहरुले बाजाको सुरताल संगसंगै लडाइँको तालिम गर्ने , कवाज गर्ने र सूचना दिनेको रूपमा बाजागाजा प्रयोग हुँदै आइरहेको बताउँदै अहिले यो बाजागाजा संस्कृति जोगाउने प्रमुख बाजा युवाहरूको नयाँ पुष्तामा पुष्तान्तरण हुँदै गइरहेकोमा खुशी व्यक्त गर्नुभयो।
कार्यक्रममा सांस्कृतिककर्मी तथा समाजसेवि सुशान्त डंगोलले सांस्कृतिक बाजागाजाहरु संरक्षण गर्ने हौसला प्रदान गर्न बाजागाजा संरक्षण गर्न आयस्रोत नभएको उल्लेख गर्दै यस्तो कार्यक्रमले सांस्कृतिक कर्मिहरुलाई एकत्रित गर्दै लैजान सहयोग पुग्ने बताउदै यस्को संरक्षण र सम्बर्द्धन गर्न सम्बन्धि सरोकारहरुलाइ जकझक्याउनु आवस्यक रहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि टोखा नगरपालिका-२ का वडाध्यक्ष धेर्मेन्द्र श्रेष्ठले टोखाको मौलिक सांस्कृतिक बाजागाजाको संरक्षण तथा उत्थान गर्ने कार्यक्रम वडा तथा नगरपालिकाले आयोजना गर्दै आइरहेको बताउनुभयो । उहाँले हाम्रो मौलिक संस्कृति, सम्पदा बाजागाजाको जग्रेणा हुने र लोप भैसकेका बजागाजाहरु लाई पनि जिवन्त तुल्याइ राख्न आगामी दिनहरुमा पनि यस्तो कार्यक्रमको आयोजना हुनु पर्नेमा जोड् दिनुभयो ।
त्यस्तै, टोखा नगरपालिका-३ का वडाध्यक्ष रमेश डंगोलले कार्यक्रम आयोजक प्रति धन्यवाद दिदै युवा पुस्तामा आफ्नो संस्कृति प्रतिको उत्साहजनक माया मोह जाउँने कार्यक्रमको लागि वडा तथा नगरपालिकाले बजेटको व्यवस्था गर्ने बताउनुभयो । टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले युवाहरुको जोस जाँगरलाई सम्मान गर्दै अब संस्कृतिलाई आयआर्जनसँग जोड्नु पर्ने बताउनुभयो । सांस्कृतिक क्षेत्रमै जिवन सम्पर्ण गरेका सर्जकहरुलाई सरकारले उचित भत्ता तथा सेवा सुविधाको समेत व्यवस्थापन गर्ने तथा गराउन हामी सबै आआफ्नो क्षेत्रबाट लागिपर्न आग्रह गर्नुभयो । धिमे खलः का अध्यक्ष सुसन श्रेष्ठको सभाध्यक्षतामा टोखा नगरपालिकाका कार्यबहाक प्रमुख मुरारी तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा टोखा नगरपालिका, बुढानिकलकण्ठ नगरपालिका र तारकेश्वर नगरपालिकाका धिमे खलःहरुको सहभागिता रहेको ।कार्यक्रम उद्घोषण संचारकर्मि अनिता डंगोलले गर्नुभएको थियोे ।