• TOKHA LIVE

    • २९ आश्विन २०८०, सोमबार ०६:२५

    टोखा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन सम्पन्न (फाेटाे फिचर )

    काठमाडौँ, २९असोज/ टोखा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन सम्पन्न गरिएको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको रु १५ करोड ३८ लाख १५ हजार लागतमा निर्मित सो भवनको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा नवनिर्मित भवनको प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सयुक्तरूपमा राष्ट्रिय झन्डाको झन्डाेताेलन समेत गर्नुभएको थियो । नवनिर्मित भवन उद्घाटन कार्यक्रममा टाेखा नगरपालिका उपप्रमुख मुरारी तामाङ , टाेखा नगरपालिका वडा १ देखि ११ वटै वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी, पुर्व उपप्रमुख ज्ञानमाया डंगोल , कृषि शाखा प्रमुख सुमित्रा पाठक,शिक्षा शाखा प्रमुख बाबुराम गौतम , महिला विकास अधिकृत साबित्रा न्यौपाने,महिला तथा बालबालिका शाखाका महिलाका अधिकृत एबम बाल कल्याण अधिकारी निर्मला रेग्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु , कार्यपालिका सदस्यहरु, न्यायपालिका सदस्यहरु, टाेखा नगरपालिकाका कर्मचारीहरु,महिला स्वास्थ्य स्वयं सेविकाहरु ,नगर प्रहरी , भगवती क्लब ब्यान्ड , धापासी बासुरी खल, स्थानीय विकास प्रेमी बुद्धिजीवी महानुभावहरु , पत्रकार लगायतको उपस्थित थियो । भवनको २०७६ मा तत्कालीन उपप्रधानमन्त्री माननीय ईश्वर पोखरेलले शिलान्यास गर्नुभएको थियो । २०७६ माघ १२ गते सम्झौता भई २०७६ फागुन २८ गते शिलान्यास गरी निर्माण सुरु गरिएको उक्त भवन सम्झौताभन्दा ढिलो गरी निर्माण भएको थियो । टोखा न. पा. का प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले स्रोत साधनका अभावका कारण निर्माण कार्य समयमै सम्पन्न गर्न कठिन भएको जानकारी दिनुभयो ।काठमाडौंको टाेखा नगरपालिकामा हाल ११ वटा वडा छन् ।

                   
                   
    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै