• TOKHA LIVE

    • ४ श्रावण २०८२, शनिबार १६:४५

    तादी खोलाको दहमा डुबेका टाेखाका उत्सव श्रेष्ठको शव फेला

     

    नुवाकोट, साउन ३।

    एक दिनअगाडि तादी खोलाको दहमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १९ वर्षीय उत्सव श्रेष्ठको शव फेला परेको छ।

    टोखा नगरपालिका–८ का बासिन्दा उत्सव साउन २ गते दिउँसो करिब साढे ४ बजे दुप्चेश्वर गाउँपालिका–६, गौंडापुल नजिकको तादी खोलाको दहमा साथीहरू संगै पौडी खेलिरहेका थिए। खेल्ने क्रममा अचानक खोलाको गहिरो भागमा डुबेर उनी बेपत्ता भएका थिए।

    घटनापछि प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र दुप्चेश्वर गाउँपालिकाको समन्वयमा खोजी कार्य सुरु गरिएको थियो। निरन्तरको प्रयासपछि साउन ३ गते विहान, गाउँपालिका–५ स्थित झोलुङ्गे पुलमाथि र भ्याङ्लेको पक्की पुलभन्दा केही तलको खोलामा उनको शव भेटिएको प्रहरीले जानकारी दिएको छ।

    प्रहरीका अनुसार मृतकको परिवारको रोहबरमा कानुनी प्रक्रिया पूरा गरी घटनास्थलमै मुचुल्का तयार गरिएको थियो। त्यसपछि शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल, नुवाकोट पठाइएको छ। यो दु:खद घटनाले परिवार, साथीभाइ र टोखाका स्थानीयहरूलाई गहिरो पीडा दिएको छ।- फाेटाे/ नेपाल प्रहरी

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै