• TOKHA LIVE

    • २ श्रावण २०८२, बिहीबार १७:५२

    टोखा–१ का जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा नविकरण गर्न आग्रह

     

    झोर महाँकाल, टोखा , साउन १।
    टोखा नगरपालिका वडा नं. १ का जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकालाई सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र नविकरण गर्न वडा कार्यालयले अनुरोध गरेको छ।

    आर्थिक वर्ष २०८२/०८३ मा वितरण गरिने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आवश्यक पर्ने परिचयपत्र नविकरण कार्य साउन १ गतेदेखि भाद्र मसान्तसम्म वडा कार्यालयमै सम्पन्न गर्न सकिने जानकारी दिइएको छ।

    वडाध्यक्ष रमेश कुमार लामिछानेका अनुसार, “नविकरण नगरिएमा MIS प्रणालीमार्फत लाभग्राहीको नाम हट्न सक्छ र त्यसपछि भत्ता पनि रोकिन्छ। त्यसैले यो कार्य गम्भीर रूपमा लिनु आवश्यक छ।”

    यस सूचना मार्फत वडा कार्यालयले सबै लाभग्राही र उनीहरूको परिवार तथा छिमेकीहरुलाई समयमै नविकरण गर्न र जानकारी बाँड्न पनि अनुरोध गरेको छ।

    नविकरण गर्न लाग्ने आवश्यक कागजातहरुः

    १. नागरिकताको प्रतिलिपि – १ थान
    २. पासपोर्ट साइज फोटो – १ थान
    ३. सामाजिक सुरक्षा नविकरणको निवेदन
    ४. सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र
    ५. राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै