टोखा, साउन १।
टोखा नगरपालिकाको वडा नं. ३ कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को श्रावण १ गतेदेखि असार मसान्तसम्मको राजश्व विवरण सार्वजनिक गरेको छ। वडाबाट विभिन्न शीर्षकमा कर र दस्तुर संकलन गर्दै कूल रु. २ करोड ९६ लाख ६१ हजार ७०१ रुपैयाँ १६ पैसा राजश्व संकलन भएको जानकारी वडाले दिएको छ।
राजश्व विवरणअनुसार सबैभन्दा धेरै संकलन व्यवसाय कर शीर्षकमा भएको छ, जसअन्तर्गत रु. ३७ लाख ९ हजार ६८७ रुपैयाँ ५० पैसा संकलन गरिएको हो।
त्यसैगरी, सम्पत्ति कर शीर्षकमा रु. १ करोड १४ लाख ४५ हजार ६०७ रुपैयाँ ८४ पैसा संकलन भएको छ भने घर बहाल कर बाट रु. ८३ लाख १७ हजार २०६ रुपैयाँ ५० पैसा राजश्व संकलन भएको छ।
अन्य उल्लेखनीय शीर्षकहरूमध्ये
यो विवरण वडाका कर्मचारी सानु श्रेष्ठ द्वारा तयार पारिएको हो भने वडा सचिव सानु श्रेष्ठले नै प्रमाणित गरेका छन्। वडाले प्राप्त राजश्व स्थानीय सेवाको सुदृढीकरण, जनतालाई सहज सेवा प्रवाह र आगामी योजनाहरूको कार्यान्वयनमा खर्च गरिने वडा ३ ले जानकारी दिएको छ।

टोखा Live
www.tokhalive.com

