• TOKHA LIVE

      TOKHA LIVE

    • १ श्रावण २०८२, बुधबार ०६:३२

    चण्डेश्वरी मन्दिर संरक्षण समितिको नयाँ कार्यसमिति चयन,अध्यक्षमा गगन कुमार श्रेष्ठ

     

    टोखा, असार ३२ ।
    टोखा स्थित ऐतिहासिक चण्डेश्वरी मन्दिरको संरक्षण र विकासका लागि सक्रिय श्री चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिले आफ्नो २१औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ।

    सोमबार चण्डेश्वरी मन्दिर प्राङ्गणमा आयोजित अधिवेशनले सर्वसम्मत रूपमा गगन कुमार श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ।साथै समितिको नयाँ कार्यसमितिको उपाध्यक्षमा मंगल बहादुर कर्माचार्य,सचिवमा प्रभात डंगोल,कोषाध्यक्षमा श्यामसुन्दर श्रेष्ठ (सानु) छन् ।

    सदस्यहरू: सिंहराज कर्माचार्य, पुर्णलाल श्रेष्ठ, कृष्ण श्रेष्ठ, देवराज जोशी
    रहेका छन्।

    समितिले विगतदेखि नै मन्दिरको संरक्षण, सम्पदाको जगेर्ना र धार्मिक क्षेत्रको समग्र विकासमा निरन्तर योगदान दिँदै आएको छ। यस नयाँ कार्यसमितिसँगै चण्डेश्वरी मन्दिर क्षेत्रको थप समुन्नति र संरक्षण अभियान अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

    कार्यक्रममा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, समितिका पूर्व अध्यक्ष ध्रुवराज जोशी, नेवाः गुथि टोखा अध्यक्ष रमेश नापित र सल्लाहकार माइला डंगोल , समितिका पुर्व कार्यकारि बालकृष्ण श्रेष्ठ लगायत स्थानीय अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    ऐतिहासिक र साँस्कृतिक महत्व बोकेको चण्डेश्वरी मन्दिरलाई भावी पुस्ताका लागि संरक्षण गर्ने लक्ष्यसहित नयाँ कार्यसमिति प्रतिबद्ध रहेको सो समितिले जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै