• TOKHA LIVE

    • २७ असार २०८२, शुक्रबार २०:५४

    रसुवामा भीषण बाढी: मृत्यु ११ पुग्यो, ८६२ जनाको उद्धार

     

    काठमाडौँ, असार २७ । रसुवामा मंगलबार आएको विनाशकारी बाढीले अहिलेसम्म ११ जनाको ज्यान लिएको छ भने ८६२ जनालाई सुरक्षीतरूपमा उद्धार गरिएको छ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार, मृतकको संख्या त्रिशूली नदीको तल्लो क्षेत्रमा थप दुई शव फेला परेपछि ११ पुगेको हो। हालसम्म एक जनाको मात्र पहिचान भएको छ भने अन्य शवहरू सनाखत हुन बाँकी छन्। केही शव चिनिनै नसकिने अवस्थामा छन् भने कतिपय अवस्थामा केवल मानव अङ्ग मात्रै भेटिएको छ।

    रसुवामा आएको यो बाढी हिमालमाथिको एउटा हिमताल फाटेर आएको हो भन्ने प्रारम्भिक नतिजा जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको छ।

    प्रहरीका अनुसार बाढीमा परी अझै १९ जना बेपत्ता छन्। उद्धार तथा खोज कार्यमा एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी खटिएका छन्। यस बाढीमा परी हराएका एक प्रहरी असई लालबहादुर श्रेष्ठको शव फेला परेपछि अन्त्येष्टि गरिएको छ भने अन्य मृतकको सनाखत नभएकाले शवहरू हाल महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।

    बाढीले नेपाल–चीन सिमानाको मितेरी पुल बगाएको छ। साथै, २४ वटा कन्टेनर, ६ वटा ट्रक र ४२ वटा इभी गाडी बगाएको छ। धुन्चे–टिमुरे सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ। रसुवागढी जलविद्युत् आयोजनाको ड्याम तथा भन्सार यार्डमा पनि ठूलो क्षति पुगेको छ।

    घटनापछि त्रास, शोक र असहायताको छायाँ रसुवा आसपास फैलिएको छ। राज्यको संयन्त्र उद्धार र पुनःस्थापनाका लागि सक्रिय भए तापनि पीडितको पीडा अझै अपूरो छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै