Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
काठमाडौँ, असार २०/
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यार्थीले तयार पारेका कलाकृति हेरेपछि आफू निकै उत्साहित भएको बताउनु भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ महानगरपालिका शिक्षा विभागको आयोजनामा भएको कला प्रदर्शनी अवलोकन गर्दै उपप्रमुख डंगोलले, “यस कार्यक्रमले विद्यार्थीहरूलाई अझै बढी प्रेरित गरेको स्पष्ट देखिन्छ,” भन्नुभयो।
असार १३ गतेदेखि प्रतिष्ठानको नक्सालस्थित कार्यालयमा सुरु भएको उक्त प्रदर्शनीमा महानगरअन्तर्गतका ४६ विद्यालयका १,३०० भन्दा बढी विद्यार्थीको सिर्जना प्रदर्शित गरिएको थियो। पेन्टिङ, स्केच, स्कल्प्चर, क्राफ्टलगायतका कलामा आधारित कृतिहरूमा विद्यार्थीहरूको मेहनत, कल्पना र संस्कृतिप्रतिको लगाव प्रष्ट देखिन्थ्यो।
उपप्रमुख डंगोलले भनिन्, “अघिल्लो वर्षको तुलनामा यस पटक उल्लेखनीय सुधार देखिएको छ। सिक्ने क्रम तीव्र रूपमा अगाडि बढिरहेको छ भन्ने कुरामा म विश्वस्त छु।”
शिक्षामा सिप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिमपछि विद्यार्थीहरूले तयार पारेका ती सिर्जनाहरूले शिक्षा र सिर्जनात्मकतालाई जोड्ने प्रयत्नलाई उजागर गरेका छन्।
समापन समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भने, “शिक्षालाई सिपसँग जोड्दा विद्यार्थीको अभिव्यक्तिमा गहिराइ आउँछ। यस्ता कार्यक्रमहरूले कला बुझ्ने र महसुस गर्ने आधार निर्माण गर्छन्।”
सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले देशको भावी कला संस्कृतिको जग बसाल्न यस्ता तालिमले महत्वपूर्ण योगदान दिने धारणा राख्नुभयो। उहाँले कलाले सिर्जनशील व्यक्तित्व विकासमा ठूलो भूमिका खेल्ने उल्लेख गर्नुभयो।
कार्यक्रम संयोजक सौरगंगा दर्शनधारीका अनुसार ४६ विद्यालयका १३०० भन्दा बढी विद्यार्थी सहभागी हुनु आफैँमा उत्साहजनक हो। उहाँले कला समाजको प्रतिविम्ब हो र सिकाइमा ‘थेरापी’को काम पनि गर्छ भन्नुभयो।
समारोहमा प्रशिक्षक, सहायक प्रशिक्षक र प्रत्येक विद्यालयबाट उत्कृष्ट ठहरिएका विद्यार्थीहरूलाई सम्मान गरियो।
यसै अवसरमा प्रशिक्षक कलाकारहरूले तयार पारेका सिर्जनालाई समेटेर आयोजित ‘एकता’ नामक विशेष प्रदर्शनी पनि शुक्रबार सम्पन्न भएको छ।

