• TOKHA LIVE

    • २० असार २०८२, शुक्रबार २१:१९

    कलाका रंगमा रंगिए बालबालिका : ‘स्केचिङ एन्ड स्कप्चर’ प्रदर्शनी सम्पन्न

     

    काठमाडौं, असार २० –
    शिक्षा मात्र किताबको पाना सीमित हुँदैन, कला पनि एउटा गहिरो पाठशाला हो। यही सन्देश बोकेर काठमाडौं महानगरपालिकाले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा सञ्चालन गरेको ‘शिक्षामा सिप कार्यक्रम’ अन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ प्रदर्शनी शुक्रवार सम्पन्न भएको छ।

    ४६ विद्यालयका १३०० भन्दा बढी बालबालिका सहभागी यस कलात्मक यात्राले शिक्षाको रंगीन पाटो उजागर गर्‍यो। बालबालिकाले सिर्जना गरेका स्केच, पेन्टिङ, मूर्तिकलालगायतका सिर्जनाले प्रदर्शनीलाई जीवन्त बनाएका थिए।

    उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सम्पन्न समापन समारोहमा उहाँले भनिन्,“अघिल्लो वर्षको तुलनामा यस वर्षको सुधार देख्दा निकै खुशी लाग्यो। तपाईँहरूले राम्ररी सिक्नुभएको छ भन्ने महसुस भयो।”

    प्रदर्शनीमा सहभागी उत्कृष्ट विद्यार्थीलाई सम्मान गरियो। भने विभिन्न विद्यालयका विद्यार्थीहरूले कला सिर्जनामा आफ्नो अद्वितीय प्रतिभा देखाए।

    कार्यक्रम संयोजक सौरगंगा दर्शनधारीका अनुसार,“कला समाजको प्रतिविम्ब हो। यसले सिकाइको क्रममा भावनात्मक थेरापीको काम पनि गर्छ।”

    प्रदर्शनीसँगै, प्रतिष्ठानले आयोजना गरेको अर्को प्रदर्शनी ‘एकता’ मा प्रशिक्षक तथा सहायक प्रशिक्षक कलाकारहरूले सिर्जना गरेका कलाकृतिहरू समेत प्रदर्शित गरिएका थिए। यस प्रदर्शनीमा लगायत ६० भन्दा बढी प्रशिक्षक कलाकारहरूको सहभागिता थियो।

    कुलपति नारदमणि हार्तम्छालीले शिक्षालाई सिपसँग जोड्दा विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धिमा ठूलो सहयोग हुने विश्वास व्यक्त गर्नुभयो भने, **सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’**ले कला संस्कृतिको जग तयार पार्न यस्तो कार्यक्रमले दीर्घकालीन भूमिका खेल्ने बताउनुभयो।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै