• TOKHA LIVE

    • २२ बैशाख २०८२, सोमबार १४:४८

    टोखा–८ र ११ मा विष्णुमती खोलाको संरक्षण अभियान सुरु, डुबानको पीडामा राहतको आशा

     

    काठमाडौं २२ बैशाख /टोखा नगरपालिका वडा नं. ८ र ११ को सीमामा बग्ने विष्णुमती खोलाले हरेक वर्ष बर्खाको समयमा ल्याउने डुबान र क्षतिको पीडा अब क्रमशः अन्त्य हुने आशा गरिएको छ। खोलाको व्यवस्थापन र सुरक्षित पूर्वाधार निर्माण गर्दै स्थायी समाधानतर्फको पहल आजदेखि औपचारिक रूपमा सुरु भएको छ।

    बानियाटार जाने पुलदेखि फोर्सिन स्कुलसम्म खोलाको किनार फराकिलो पारिने, पिच गरिने र दुबै छेउमा मजबुत पर्खाल (वाल) निर्माण गरिने योजना अघि बढाइएको छ। बस्तीमा खोलाको पानी पस्न नदिन पर्खालमा भ्वालको उचित व्यवस्था पनि मिलाइने जनाइएको छ।

    टाेखा वडा नं. ८ का अध्यक्ष रमेश खत्री र टाेखा वडा नं. ११ का अध्यक्ष घनश्याम खड्काको नेतृत्वमा खोलाको किनारमा रहेका रुखहरू काट्ने काम सुरु भएको हो। यस कार्यमा वडा नं. ११ का अध्यक्ष खड्का सहित अन्य वडाका प्रतिनिधिहरूको पनि सक्रिय उपस्थिति रहेको थियो। भने निरीक्षणको क्रममा टाेखा नगर प्रमुख प्रकाश अधिकारी र नगरका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसि प्रत्यक्ष सहभागिता जनाइ अनुगमनमा टेवा पुर्याउनु भएको थियो ।

    वडाहरूको सहकार्यमा अब पिच सडक, गाडी गुड्न सक्ने बाटो र खोलाको बहाव व्यवस्थापनको कार्य योजनाबद्ध रूपमा अघि बढाइनेछ।

    स्थानीय बासिन्दाले वर्षौंदेखि सहनु परेको डुबानको समस्याबाट मुक्ति दिलाउने आशामा सुरु गरिएको यस पहललाई स्वागत गरेका छन्। उनीहरू भन्छन्, “अब हामीले बर्खामा त्रास होइन, राहतको अनुभव गर्ने आशा गरेका छौं।”

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै