• TOKHA LIVE

    • ९ बैशाख २०८२, मंगलवार ०६:१५

    टाेखाका सबै विद्यालयमा विद्यार्थी भर्ना र नियमित पठनपाठन सुनिश्चित गर्न नगरपालिकाको निर्देशन

     

    काठमाडौं ९ बैशाख । टोखा नगरपालिकाले नगरपालिका अन्तर्गत रहेका सबै विद्यालयमा विद्यार्थी भर्ना र नियमित पठनपाठन सुनिश्चित गर्न निर्देशन दिएको छ। टाेखा नगरपालिका भरीका सबै विद्यालयहरुलाई यहि वैशाख १० गतेदेखि अनिवार्य रूपमा विद्यार्थी भर्ना र नियमित पठनपाठन सञ्चालन गर्न नगरपालिकाले निर्देशन दिएको छ। हाल देश भर  शिक्षक महासंघको नेतृत्वमा देशव्यापी रूपमा आन्दोलन जारी रहेको सन्दर्भमा विद्यालय पठनपाठन प्रभावित भइरहेको अवस्थालाई ध्यानमा राख्दै टाेखा नगरपालिकाले विशेष सूचना जारी गरेको हो।

    टोखा नगर शिक्षा ऐन, २०७५ र नगर शिक्षा नियमावली, २०७६ को सम्बन्धित उपधारा तथा उपवन्धअनुसार नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि प्रारम्भ भइसकेकोले नियमित पठनपाठन सञ्चालन गर्न आवश्यक भएको नगर शिक्षा शाखाले जनाएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै