• TOKHA LIVE

    • २४ चैत्र २०८१, सोमबार १३:५३

    सेतो मच्छिन्द्रनाथ रथयात्राको पहिलो दिन राष्ट्रपति पौडेलद्वारा पूजा आराधना एवं दर्शन

     

    नविना श्रेष्ठ
    काठमाडौं चैत २५,२०८१/सेतो मच्छिन्द्रनाथ (श्री आर्यावलाेकितेश्वर करुणामय जनबहा:घ:) को ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको यो रथ जात्रा काठमाडौँको समन्वयात्मक सांस्कृतिक र जन आस्थाको एक अनुपम प्रतीक रहेको सेतो मछिन्द्रनाथको पहिलो दिनमा राष्ट्रपति रामचन्द्र पौडेलले पूजाअर्चना गरी दर्शन गरेका थिए।

    मच्छिन्द्रनाथ रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्र अध्यक्षले पूजाआराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ। परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले गयराती असन पुगेर सेतो मछिन्द्रनाथको पूजाआराधना एवं दर्शन गरेका हुन्। शनिबारदेखि सुरु भएको मछिन्द्रनाथको रथयात्रा मछिन्द्र बहालबाट तीनधारा पाठशाला जमल रत्नपार्क भोटाहिटी हुँदै असन अन्नपूर्ण मन्दिर अगाडि पुर्याइएको थियो भने असनबाट जनबहाल इन्द्रचोक हुँदै हनुमान चोक कालभैरव मन्दिर अगाडि हिजो पुर्‍याइएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै