काठमाडौं २४ चैत / ऐतिहासिक सांस्कृतिक सम्पदा महत्त्व बोकेको नेपालकै गौरव टोखाको सपनतिर्थ मन्दिर मेला एवं बिस्का: जात्रामा दोस्रो पटक सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको गरिमामय उपस्थिती भै दर्शन भेट गर्न टोखा नगरपालिकाकाले औपचारिक रूपमा निमन्त्रणा दिएको छ। गत वर्ष सपनतिर्थमेलाको सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक मेलाको दर्शन भेट गर्नुभएको थियो ।

ऐतिहासिक, धार्मिक एव सांस्कृतिक टोखा नगरीको नामबाट नामाङ्कन भएको टोखा नगरपालिकामा रहेको प्रसिद्ध धार्मिक तिर्थस्थल श्री सपनतिर्थ सिद्धि विनायक ( गणेश) मन्दिर परिसरमा प्रत्येक वर्ष बैशाख १ गते बिशेष सपनतिर्थमेला लाग्ने गर्दछ। यो वर्ष दोस्रो पटक सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको गरिमामय उपस्थितीको लागी निमन्त्रणा दिने क्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, टाेखा नगरका प्रमुख प्रशसाकिय अधिकृत शेर बहादुर वि. सी, वडा अध्यक्षहरु टोखा वडा २ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ , टोखा वडा ३ का वडाध्यक्ष रमेश डंगोल ,टोखा वडा ६ का वडाध्यक्ष शान्ता खनाल पौडेल, टोखा वडा ७ का वडाध्यक्ष
नरोत्तम राना,सपनतिर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोल, टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ ,नेवा:गुथी टाेखाका अध्यक्ष रमेश नापित,टाेखा नगरपालिकाका प्रवक्ता बच्चुराम बस्याल लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरु सहितको संयुक्त टाेली औपचारिक रुपमा निमन्त्रणा दिइ बिहीबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए।

ऐतिहासिक महिमा बोकेको श्री सपनतीर्थ मन्दिरको छुट्टै बिषेश धार्मिक महत्व र छुट्टै किवदन्ती छ। कुनै मानिसलाई कुष्ठरोग लागेको छ ,भने त्यस मानिस सपनतिर्थ मन्दिरको पोखरीमा नुहाउँदा त्यो रोग निको हुने जनविश्वास रहेको छ। वैशाख १ गते सपन तीर्थ मन्दिरको मेलापछि वैशाख २,३,४ गते सम्म विस्का: नख: (बिस्का:जात्रा) धुम्धामका साथ मनाइन्छ । यसरी जात्रा पर्व सुरु भएसँगै ५ गते सबै बाजागाजा रथ बोक्ने मानिस खलपुच सबैजना टोखाको बज्रयोगिनी मन्दिरर पिगंद्य: इन्द्रायणी मन्दिर मा गई पूजाआजा गरी रमाइलो गरी आजबाट जात्रा सक्यो भने सन्देश छोडी आआफ्नो घर फर्कने गर्छ। यहाँको लामो इतिहास लामो किवदन्ती जोडिएको मन्दिरमा यो पटक भने राष्ट्रिय स्तरको सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल मन्दिरको अवलोकनसँगै दर्शन गर्ने कि नगर्ने भन्ने निर्णय हालसम्म औपचारिक रूपमा जानकारीमा नआएको नेवा:गुथी टाेखाका अध्यक्ष रमेश नापितले बताउनुभयो ।

