दोहा कतार २७ मार्च / गैर आवासीय नेपाली सघ कतारको आयोजनामा एन आर एन ए का पुर्ब अध्यक्ष तथा संरक्षक, बर्तमान उच्च स्तरीय समितिका सयोजक डा. शेष घले,तथा आइ सि सि अध्यक्ष बिनोद कुबर लगायत कतारमा अबस्थित विभिन्न संघ सस्थाका उच्चस्तरीय पदाधिकारीहरु बिच कतारको राजधानी दोहा स्थित प्लाजा इन होटेलमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा डा. शेष घलेले सघको महाअधिबेशन निर्धारित मितिमा नै हुने बताएका छन। घलेले भने, ‘तोकिएको मितिमा महाधिवेशन हुन्छ। मिति परिवर्तन गर्नु भनेको ‘रुल अफ ल’को वर्खिलाफमा जानु हो, हामी त्यसो गर्न सक्दैनौँ।’
उनले बर्तमान एनआरएनए लाई रि ब्रन्दिङ गर्दै अगाडि बड्न सम्पुर्ण एनआरएनए अभियन्ताहरुलाइ आब्वान गरे।सयौँ एनआरएन अभियन्ताहरूको उपस्थितसहित भएको छलफलले आफूलाई झनै ऊर्जावान बनाएको घलेले कार्यक्रममा बताएका थिए।

कार्यक्रममा बोल्दै एनआरएनएका पूर्वअध्यक्ष, उच्चस्तरीय समितिका सदस्य तथा एनसीसी समन्वय संयोजक विनोद कुँवरले सहमतिको पालना नगर्दा संस्थाको यो हबिगत भएको छ। कार्यक्रममा अन्य एनआरएनए अभियन्ताहरु आर के शर्मा तथा राज रेग्मिले पनि आ- आफ्नो धारणा राख्नु भएको थियो।
सर्वोच्चको फैसलालाई टेकेर तयार गरिएको कार्यविधिअनुरूप एकताको महाधिवेशन तयारी भइरहेकोले यो जिम्मेवारी सबै मिलेर पूरा गर्नुपर्नेमा कुँवरको जोड थियो। सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले आगामी मे ३ देखि ५ मा काठमाडौँमा एनआरएनएको एकता महाधिवेशनको मिति तय गरिसकेको छ।
उक्त अधिवेशनमा सहभागिताका लागि सदस्यता लिने मिति ३१ मार्चसम्म तोकिएको छ। कतारका दुई एनसीसीको संयुक्त आयोजनामा दोहामा कार्यक्रम भएको हो। कार्यक्रमको सभापतित्व रमेश भट्टले गरेका थिए भने अध्यक्षता सुनिलकुमार घिमिरेको रहेको थियो।

