स्वस्थ्यमन्त्री पौडेलले गंगालालमा १५ वर्षमुनिका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने
नविना श्रेष्ठ
काठमाडौं १४ चैत/ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत् १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गर्नुभएको छ। सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रवि मल्लले बताएका छन् ।
‘आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् । मन्त्रीले भनेपछि आन्तरिक र अन्य स्रोतबाट उपचार गराउने निर्णय गरेका हौं,’ कार्यकारी निर्देशक मल्लले बताए । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रिया सहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता उपलब्ध गराउने गरेका छन् । उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले आन्तरिक स्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको छ।
वर्षको पुस महिनासम्म चार सय ८० बालबालिकाले गंगालालबाट शल्यक्रिया सहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन्। भने आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट बञ्चित नहोस् भन्ने हाम्रो चाहना हो,’ मन्त्री पौडेलकाे भने, ‘यसका लागि थप श्रोतको खोजीसमेत गरिनेछ।’ सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप स्रोतको खोजी गर्न स्थानीय तहहरूसँग समेत छलफल गर्ने बताएको छ। स्थानीय तहहरूसँगको सहकार्यमा बाल मुटु उपचार थप पहुँचयुक्त र प्रभावकारी बनाउने तयारी रहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको एक अध्ययनले देखाएका छन् ।