• TOKHA LIVE

    • ९ चैत्र २०८१, आईतवार ०९:३६

    हृदयघातबाट टाेखाका योगसाधक श्यामकाजी श्रेष्ठको निधन

     

    काठमाडौं १०चैत । टाेखा नगरपालिका वडा ३ का स्थानीय योगसाधक श्यामकाजी श्रेष्ठको निधन भएको छ। योगसाधक श्रेष्ठ हाल ग्राण्डी अस्पताल नजिक आफ्नै निवासमा बस्दै आएका थिए । श्यामकाजी श्रेष्ठको शनिबार सधैं झै बिहान ५:३० बजे टाेखा नगरपालिका वडा २ को चण्डेश्वरी हुँदै डाडा गाउँ मर्निकवाक जाने क्रममा अचानक हृदयघातका कारण निधन भएको मृतक श्रेष्ठका परममित्र टाेखा वडा ३ निवासी शुभराज श्रेष्ठले जानकारी दिए। श्रेष्ठको निधनले हाल टाेखावासी स्तब्ध हुदै शोकमा डुबेको छ।

    श्यामकाजी श्रेष्ठ न्हुःज पुस्तकालयको संघर्षमय जीवनमा सहयात्री भई जनजागरणमा योगदान दिएका व्यक्तित्व समेत हुन् । श्रेष्ठ विभिन्न सामाजिक संगठन सक्रिय थिए। श्रेष्ठ हास्य कलाकार , नृत्य कलाकार, बासुरी बाद्यक र एक कुशल याेगकर्ता समेत हुन। ५२ वर्षीय श्रेष्ठले पछिल्लो समय स्थानीयहरुलाई निरोगिताको प्रवचन दिनुको साथै स्वस्फूर्त रहन नियमित योग अभ्यासमा जोडदिदै आएको थियो। उहाँको एक श्रीमती दुई छोरा र बुहारी छिन। श्रेष्ठलाई शनिबार नै पिगं द्य इन्द्रायणी मन्दिर परिसरमा रहेको चिहान घरमा कान्छो छोराले दागबत्ती दिई अन्तिम संस्कार गरिएको थियो ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै