• TOKHA LIVE

    • १ चैत्र २०८१, शनिबार १८:०९

    टाेखा पञ्चेटारमा भयानक दुर्घटना,१ को घटनास्थलमै मृत्यु

     

    काठमाडौं चैत २ :टाेखा नगरपालिका वडा १ मा रहेको झोर नजिक पर्ने पञ्चेटार (भिल्ली)मा नुवाकोटबाट काठमाडौं झरेका बाइकमा सवार १८ वर्षिय रिवाज आचार्यको घटनास्थल मृत्यु भएको टाेखा नगर प्रहरी प्रभागले जनाएको छ।
    प्रहरीका अनुसार मृतक रिवाज शिवपुरी गाउँपालिका वडा ५ नुवाकोट घर रहेको बताएको छ। आचार्यको शव हाल ग्राण्डी अस्पतालमा राखिएको छ।

    आज दिउँसो काठमाडौं टाेखा हुदै नुवाकोट हिद्न लागेका बागमती प्रदेश ९८२८ र बागमती प्रदेश ६३७८ नं. को मोटरसाइकल एकाआपसमा तिब्र गतिमा रहेको २ वटा माटसाइकल ठोकिँदा भयानक दुर्घटना भएको प्रहरीको भनाइ रहेको छ।

    दुर्घटनाको बृस्तृत विवरण आउन भने अझै बाकी रहेकोे प्रहरीको भनाइ रहेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै