सुशीला डंगोल
काठमाडौं २६ फागुन/ राष्ट्रिय युवा परिषद् र टोखा नगरपालिकाको साझेदारीमा संचालित टाेखा नगरपालिका वडा ३ मा “सहुलियतपूर्ण कर्जा सहजीकरणको लागि (७ दिने) उद्यमशिलता तथा वित्तीय साक्षरता-Generate your Business/Start your Business” तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
टोखा नगरपालिकाको साझेदारीमा राष्ट्रिय युवा परिषद् संयुक्तरूपमा संचालन गरेको
सहुलियतपूर्ण कर्जा सहजीकरणको लागि (७ दिने) उद्यमशिलता तथा वित्तीय साक्षरता तालिममा ३५ जनाले यहि फागुन १९ गते देखि २५ गते सम्म सहभागी भई सफलतापूर्वक तालिम लिएका थिए ।
तालीममा सहभागीलाई सहजीकरण, सहुलियत कर्जाका प्रकारहरु, सहुलियत पूर्ण कर्जा प्राप्तिका लागि बैंकमा पेश गर्नु पर्ने कागजातहरु कस्ता हुन्छन् र कस्ता ब्यक्तिहरुले ऋण लिन सकिन्छ। भन्ने विषय केन्द्रित थियो ।
७ दिने तालिममा सक्रियतापूर्वक सहभागी भई तालिम लिनु भएका प्रशिक्षार्थीहरुलाई ससम्मानका साथ प्रमाण-पत्र प्रदान गरिएको थियो ।

सात दिने उद्यमशीलता तालिमका प्रमुख प्रशिक्षक नारायणकाजी काशीछ्वा र प्रशिक्षक मिरा काफ्लेले तालिम महत्वपूर्ण र उपलब्धि-मुलक रहेको बताउन हुँदै उहाँले तालिमले दिशा मार्गदर्शन मात्रै गरेको र बाकी अभ्यास गर्दै अगाडि बढन् सहज हुने धारणा राख्नुभयो ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बिशिले
सहभागीहरुलाई टोखा नगरपालिकाको तर्फबाट र आफ्नो ब्यक्तिगत तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो।

तालीम टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा संचालन भएको सहुलियतपूर्ण कर्जा सहजीकरणको लागि उद्यमशिलता तथा वित्तीय साक्षरता समापन कार्यक्रममा टाेखा वडा १,२ र ३ का स्थानीय वासीहरु टोखा नगरपालिकाका कर्मचारी लगायत राष्ट्रिय युवा परिषदका कर्मचारीहरुको समेत उपस्थित रहेको थियो।


