-सुशीला डंगोल
काठमाडौं २३ फागुन/टाेखामा श्रीमदभागवत प्रचार प्रसार सेवा संघ, उपसमितिद्वारा
थर्मल थेरापि र योगासंगसंगै संचालनमा ल्याएको छ।
सो समितिद्वारा सामाजिक कार्य अन्तर्गत विगत चार वर्षदेखि दुई वटा मेसिनबाट थर्मल थेरापी विहान र बेलुकाको समयमा निरन्तर रूपमा संञ्चालन गरिरहेको यहाँका केन्द्रिय सदस्य न्हुछेलाल श्रेष्ठले बताउनुभयो ।
सुरुको वर्षहरुमा बिहान चार बजेदेखि नै थेरापी गर्न आउनेहरूको भिड थाम्न नसकेर टोखा वडा नं. २ का पूर्व अध्यक्ष श्री दिपकराज जोशीको नेतृत्वमा एक वटा थप थर्मल थेरापी मेशिन सहयोग प्राप्त भएपछि निरन्तर रुपमा बिहान बेलुकाको समयमा संचालन सहज भएको समितिका पूर्व अध्यक्ष माया श्रेष्ठ लगायत पदाधिकारी लगायतको सहजकर्ताको सहयोगमा योगाको साथै थर्मल थेरापी पालैपालो गराउदै आइरहनु भएको छ ।
उक्त थर्मल, थेरापी मेशिन दक्षिण कोरियामा उत्पादन भएको जेडस्टोन जडित म्याट भएको हुनाले मानव शरीरमा आवश्यक हुने तापक्रमको उचित मात्रा प्रदान गरी खुट्टाको नङ् देखि टाउको रौ सम्मको रोगहरू निको पार्ने प्रविधिबाट बनाइएको छ।
उक्त थेरापी मेशिन बेड आकारको छ। र फोल्डिङ सिष्टमले बनाइएको छ। भने एक म्याट, एक अबल, सबम्याट समेट उपलब्ध छ। आनन्दले मेशिनमा सुते पछि अटोमेतिक शरिरको उचाइ र तोल नाप्छ र ढाडको भागमा र खुट्टा हड्डी देखि गर्दनको हड्डी सम्म अटाे -स्क्यानिङ्ग हुन्छ। पन्ध्र वटा मोड पनि उपलबध छ। स्क्यानिङ्ग स मेशिनमा एलइडी लाइट समेत जडित छ । जुन लाइटले भिटामिन सि उपलब्ध गराई थ्रीवलले अनुहारमा चमक ल्याउन काम गछ र
नशा च्यापेका हड्डी खिइएको ब्लड प्रेसर हाइ या लो भएको, पाठेघरको समस्या भएको, यौनाङ्ग सम्बन्धी प्रेशर हाई लो थाइराइड पाइल्स फिसर देखि अपाङ्गता हुने लक्षण देखा परेको बिरामीहरू समेतका साथै नाक कान घाँटी दाँत अनिद्रा, ग्याष्ट्रीक, कब्जीयतको रोगिहरुलाई समेत राहत मिलेको छ ।
हाल यो सेवा श्रीमदभागवत प्रचार प्रसा प्रसार सेवा संघ उपसमितिको कार्यालय लबु स्थिति भजनघर न्हुछेमाया श्रेष्ठको निवासमा निरन्तर संञ्चालन गरी सेवा प्रदान गरी रहनु भएको छ। भने एकदिन थेरापी गरेको शुल्क (तीस मात्र) बत्तिको मात्रै जम्मा रु.३० महशुलमा टेवा पुगोस भन्ने उल्लेश्यले उक्त शुल्क लिने गरेको जानकारी दिनुभयो।

