टोखा नगरपालिकाको एकीकृत मेट्रिक ठेगाना प्रणाली सम्बन्धी जानकारी
घर ठेगाना प्रणाली भनेको के हो ?
घर ठेगाना प्रणाली भनेको भौगोलिक स्थानको आधारमा कुनै पनि घर वा भवनलाई विशेष घर नम्बर प्रदान गर्ने प्रणाली हो। घर नम्बरको प्रयोगले कुनै पनि घर कहाँ छ भन्ने जानकारी पत्ता लगाउन सजिलो हुन्छ । IMAS (Integrated Metric Addressing System) यस्तै एउटा प्रणाली हो, जसले सम्बन्धित सडकको सुरु बिन्दुबाट घरको दुरीको आधारमा घर-ठेगाना सिर्जना गर्दछ । यस प्रणालीले व्यवस्थित र सुरक्षित ठेगाना सुनिश्चित गर्दछ ।
परियोजनाको बारेमा
यो परियोजना कार्यान्वयन गर्न संयुक्त उपक्रममा रहेको तिन कम्पनीहरु NAXA/Connect Us/Digi Nirman JV छनोट गरिएको छ ।
परियोजनाको प्रमुख गतिविधिहरू
• घर ठेगाना विकासको लागि वेब र मोबाइल एपमा आधारित प्रणालीको विकास तथा कार्यान्वयन,
• ड्रोन टेक्नोलोजीमा आधारित हवाई सर्वेक्षण,
हरेक वडामा वडास्तरीय सहभागितामूलक सडक नामाकरण कार्यशाला आयोजना,
• स्थानीय युवाहरू परिचालन गरी अनलाईनमा आधारित घरधुरी सर्वेक्षण,
• नगरपालिकाको एकीकृत जियोडाटाबेस तयार,
• नगरपालिकाबाट प्रदान गरिने विविध सेवा प्रवाह- विपद, नक्सापास, राजश्व, आदिसँग एकिकृतरुपमा आवद्धता,
• घर ठेगाना नम्बर प्लेट जडान गर्न सहयोग प्रदान, आदि


