• TOKHA LIVE

    • १८ फाल्गुन २०८१, आईतवार २१:४३

    टोखामा ४० औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न

    reddit sharing button

    काठमाडौं १८ फागुन। टोखामा शनिबार  ४० औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न भएको छ । टोखा वडा नं. ११ को मनोहरतिर्थ धामदेखि विष्णुमती खोलाको मनमैजु पुलतिरको भागमा सफाईकर्मीहरु, सशस्त्र प्रहरि, नगर प्रहरि, जनप्रतिनिधी, भूतपूर्व प्रहरि संगठन, सामाजिक अभियान्ताहरु तथा लायन्स क्लवले सफाई कार्यक्रममा सहभागिता जनाएका थिए ।

    कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीसहित वडाका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । आगामी हप्ता विष्णुमती खोलाको नयाँबसपार्कसम्मको सिमासम्म सफाई अभियान सञ्चालन गरिने वातावरण शाखाका अशोक अधिकारीले बताएका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै