• TOKHA LIVE

    • १८ फाल्गुन २०८१, आईतवार २०:०२

    टोखा झोरमा प्रहरीद्वारा गोली हानी गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ 

    प्रहरीले गुड्डु पटेल काठमाडौंको झोर, टोखामा लुकेर बसेको सुराकि पाएका थिए। अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार भाग्ने प्रयास गर्दा गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको हो।

    हरिवन–२, सर्लाहीका लाल मोहम्मदको २०७९ असोज ३ गते साँझ गोठाटारमा हत्या गरेको आरोपमा उनलाई पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो।

    उनी काठमाडौं आएको सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली पक्राउ गर्न पुगेको थियो । तर, उनी भागेपछि गोली हानिएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । अभियुक्तलाई अहिले अस्पताल लगिएको र स्थिति खतरामुक्त रहेको बस्नेतले बताए ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै