काठमाडौँ १७ फागुन । सरकारले कान्ति बाल अस्पताल विकास समितिको सदस्यमा टाेखा नगरपालिका वडा २ निवासी पञ्चकुमारी श्रेष्ठलाई मनोनयन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माननीय मन्त्रिस्तरको निर्णय अनुसार श्रेष्ठलाई कान्ति बाल अस्पताल विकास समितिको सदस्यमा मनोनयन सहित विभिन्न शिर्षकमा निर्णय गरेको हो । पञ्चकुमारी श्रेष्ठलाई बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बिहीबार मनोनीत पत्र हस्तान्तरण गर्नुभएको हो।

पञ्च कुमारी श्रेष्ठ टाेखा नगरपालिका २ कि पुर्व महिला वडासदस्य समेत हुन् ।
यस अघि सरकारले गत पौषमा कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा कास्कीका श्रीराम सुवेदीलाई मनोनयन गरेका थिए ।
कान्ति बाल अस्पताल विकास समितिको सदस्यमा पञ्चकुमारी श्रेष्ठलाई सरकारले दिएको मनोनयन पत्रको ब्यहोरा यस्तो छ:-
नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
पत्र संख्या:
चलानी नं.-१२३
रामशाहपथ, काठमाडौं, नेपाल ।
मिति २०८१/११/१५
विषय :- मनोनयन सम्बन्धमा।
श्री पंचकुमारी श्रेष्ठ,
काठमाडौं।
प्रस्तुत विषयमा मिति २०८१/११/१३ को माननीय मन्त्रिस्तरको निर्णय अनुसार तपाईलाई कान्ति बाल अस्पताल विकास समिति (गठन) आदेश, २०४० को दफा ३ को उपदफा (२) को खण्ड (ख) को व्यवस्था बमोजिम कान्ति चाल अस्पताल विकास समितिको सदस्य पदमा ऐ. गठन आदेशको दफा ३ को उपदफा (३) बमोजिम दुई वर्ष पदावधि रहने गरी मनोनयन गरिएको व्यहोरा जानकारी गराउँदछु।
कान्ति बाल अस्पताल विकास समितिको सदस्य पदमा मनोनीत हुनु भएकोमा बधाई ज्ञापन गर्दै सो समितिको सचालन, विकास र विस्तारमा तपाईंको उल्लेख्य योगदान रहने कुरामा यस मन्त्रालय विश्वस्त रहेको छ।
रोजिता तण्डुकार
जनस्वास्थ्य अधिकृत
बोधार्थः
श्री कान्ति बाल अस्पताल विकास समिति, काठमाडौं।

