• TOKHA LIVE

      TOKHA LIVE

    • १७ फाल्गुन २०८१, शनिबार १३:२९

    शिवपुरीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

     

    शिवपुरी (नुवाकाेट)/ सुनखानीस्थित समुत्थानशील बस्ती प्रा०लि० र टेकु, काठमाडाैँकाे नमस्ते आई सेन्टरकाे संयुक्त आयाेजनामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएकाे छ। स्थानीय ओख्रेनी, सुनखानीमा सम्पन्न शिविरमा सेवाका अध्यक्ष नेत्र अनुसन्धानविद् सिद्धार्थ रञ्जितलाई दाेसल्ला ओढाएर सम्मान गरियाे। शिवपुरी गाउँपालिका, वडा नम्बर ७ का वडाध्यक्ष वीर बहादुर तामाङकाे प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रम गायक शिशिर याेगीले गीत गाउनु भएकाे थियाे। बस्तीका अध्यक्ष मनिराज डङ्गाेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कुमार रञ्जितले याेजनाबारे प्रकाश पार्नुभएकाे थियाे। कार्यक्रममा समुत्थानशील बस्तीकाे भावी याेजनाबारे छलफल गरिएकाे थियाे।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै