• TOKHA LIVE

    • १२ फाल्गुन २०८१, सोमबार १७:४८

    टाेखा चण्डेश्वरी मन्दिरमा पुजारी गुथिमा नियुक्तिपछि भव्य पूजा

     

    नविना श्रेष्ठ
    फागुन १२,२०८१

    परापुर्वकाल देखि नै महत्त्वपूर्ण सम्पदा मानिदै आएको ऐतिहासिक धार्मिकस्थल टाेखा चण्डेश्वरी भगवती मन्दिर र श्री चण्डीश्वर महादेव मन्दिरको गुठियार पुजारीमा राजेन्द्र कर्माचार्य नियुक्ति भएपछी शनिबार मन्दिरमा भब्य पुजा आयोजना गरिएको छ।

    गुठी संस्थान सञ्चालन समितिको बैठक गत पौष महिनामा २०८१/ ९ / ९ गतेको निर्णय अनुसार सोहि मितिबाट लागू हुने गरी गुठी संस्थान विनियम २०४९ को दफा ३६ बमोजिम सम्बन्धित मठ, मन्दिर,र देवी देवस्थल शिवालयको लिखत दानपत्र शिलापत्र वा परम्परा बमोजिम कार्य गर्ने गरी बढीमा पाँच वर्षको लागि  टाेखाका गुठियार पुजारी पदमा राजेन्द्र कर्माचार्य नियुक्त  गरेको थियो ।

    गुठी संस्थान प्रधान कार्यालय धार्मिक तथा सांस्कृतिक सम्पदा व्यवस्थापन शाखा र केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय भद्रकालीबाट नियुक्तिपत्र प्रदान गरेपछि टोखा चण्डेश्वरी मन्दिरमा पुजारी राजेन्द्र कर्माचार्यले पूजा आयोजना गर्नुभएको हो। गुठी संस्थान केन्द्रका प्रशासक प्रमुख शैलेन्द्रराज कुँवर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल ,खानेपानी मन्त्री श्याम खड्का ,गुठी संस्थानका सल्लाहकार निरञ्जन पौडेल , चण्डेश्वरी मन्दिर निर्माण संरक्षण समितिका अध्यक्ष ध्रुवराज जोशी , नेवा: गुथी टाेखाका सल्लाहकार माइला डंगोल ,  टोखा २ का वडा सभापति चाेकी हिराकाजी महर्जन चण्डेश्वरी युवा क्लबका प्रतिनिधि गगन श्रेष्ठ लगायत पुजारी मङ्गलबहादुर कर्माचार्य समेतको सहभागितामा टोखा चण्डेश्वरी मन्दिरमा शनिबार पूजा कार्य सम्पन्न गरेको हो।

    पुजारी राजेन्द्र कर्माचार्यलाई गुठी संस्थान प्रधान कार्यालय धार्मिक तथा सांस्कृतिक सम्पदा व्यवस्थापन शाखा र केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय भद्रकालीबाट गत पौषमा नियुक्तिपत्र प्रदान गर्नुका साथै गुठी संस्थान शाखा कार्यालय कालमोचनका कार्यालयका प्रमुख वैकुण्ठप्रसाद रेग्मी र गुठी संस्थान केन्द्रका प्रशासक प्रमुख शैलेन्द्रराज कुँवरले पत्र हस्तान्तरण गरेका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै