आज टोखा मिलिजुली क्लवको आयोजनामा दोस्रो रक्तदान कार्यक्रम
काठमाडौ ५ फागुन । टाेखामा सामाजिक क्रियाकलापमा हातेमालो गरि अघि वढीरहेको युवाहरूको समुह टोखा मिलिजुली क्लवको आयोजनामा दोस्रो रक्तदान कार्यक्रम आज फागुन ५ गते सोमबार बिहान ९ बजे देखि सुरु हुदैछ। क्लवका अध्यक्ष अकवर श्रेष्ठले टोखा लगायत उपत्यकामा रगतको अभाव भैरहेको जानकारी पाएपछि आफुहरुले रक्तदान कार्यक्रम गर्न लागीएको बताउनुभयो ।
अहिले रगतको अभाव छ । यसलाइ मध्यनजर गर्द सबै सामाजिक संघ संस्था र व्यक्तिहरुले रक्तदान कार्यक्रमलाई तिब्रता दिनुपर्ने बताउदै यो मानविय सामाजिक कार्यमा हातेमालो गरि सहयोग गर्नुहुन अध्यक्ष श्रेष्ठले सबैमा अनुरोध गर्नुभयो।
मिलिजुली क्लवले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल संगको सहकार्यमा आज फाल्गुण ५ गते सोमबार बिहान ९ बजेदेखी गणेशथान मन्दिरमा सो कार्यक्रम आयोजनाको लागि आज बिहान ऐतिहासिक टाेखा वस्तिमा जनचेतनामुलुक रक्तदान गर्न आव्हान गर्दै टाेखा नगरपालिका वडा २ का जनप्रतिनिधिहरुको उपस्थितिमा र्याली समेत निकालिएको छ।
यस अघि मिलिजुली क्लवले गत महिना टाेखा नगरपालिका वडा नं २मा अवस्थित ऐतिहासीक नासल पाचामा रहेको ग:हितीको सरसफाई कार्यक्रमको आयोजना गरेको थियो।
